प्रदेश न २ “यसरी झोला बोकेर सरकारी निवास बाट मोटरसाइकलमा फर्किए बर्खास्तमा परेका मन्त्री मुख्य मन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सरकारी निवास छाडेका छन्।आइतबार मुख्यमन्त्री राउतले जनता समाज वादी

पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षधर का मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।बर्खास्तमा परेपछि सोमबार बिहानै सोनल सरकारी मधेश भवनबाट बाहिरिए का हुन्। सोनलसहित तत्कालीन राजपाबाट मन्त्री भएका चार जनालाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए।

आइतबार नै राउत जसपाको प्रदेश संसदीय दलका नेता चयन भएका थिए। राउत जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षका हुन्।सरकारी निवासबाट बाहिरिएका सोनलको हातमा एउटा सुटकेस र झोला थियो मन्त्रालयका कम्प्युटर अपरेटर राजु साहको मोटरसाइकल चढेर उनी सरकारी निवासबाट बाहिरिएका हुन्।

उनले सबै पक्षले आफूलाई यस अघि मन्त्रालयका जति कामकारवाहीमा सहयोग गरेकोले धन्यबाद भनेका थिए।
उनले प्रदेशमै रहेर जनता र पार्टीका हितमा काम गर्ने पनि बताए। मन्त्री भए पनि नभए पनि देश र जनताका हितमा काम गरिरहन्छु,’ सरकारी निवास छाड्नुअघि उनले भने। सेतोपाटी

यो पनि काठमाडौं, २४ जेठ । नेकपा एमालेका नेता महेश बस्नेत गृहमन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।बस्नेत प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । कठिन समयमा उनले ओलीलाई साथ दिदै आए का छन् ।

आफूले गृहमन्त्री पाउनेमा पनि बस्नेत ढुक्क भएको बुझिए कोछ उनले गृहमन्त्री बनेमा प्रभावकारी काम गरेर देखाउने सन्देश समेत बालुवाटारमा पुर्याएको विश्वस्त स्रोतले बताए को छ भक्तपुरबाट सांसद समेत भइसकेका बस्नेत जुझारु नेता मानिन्छन् । ओलीको सत्ता संकट टार्न उनी मैदानमा उत्रिएका थिए ।

तत्कालिन समाजवादी पार्टी फुटाउन डा. सुरेन्द्र यादवको अपहरण भनिएको घटनामा बस्नेत प्रत्यक्ष संलग्न थिए । समाजवादी पार्टी फुटाउने प्रयास असफल भएपछि विवाद बाहिर आएको थियो । उक्त कार्यमा संलग्न उमाशंकर अरगरिया मन्त्री भएका छन् । बस्नेतले जसपाको महन्थ ठाकुर

पक्षको व्यवस्थापन गरी ओलीको सत्ता संकट टार्न भूमिका खेलेको खुलिसकेको छ । उनी स्वयंले पनि व्यवस्थापन को भूमिका खेलेको भनेका थिए ।ओलीविरोधीलाई कमजोर बनाउन महेश बस्नेतको निकै महत्वपूर्ण छ त्यसैले बस्नेत लाई ओलीले पनि पुरस्कृत गर्ने तयारी गरेको बुझिएको छ ।रिपोटर्स नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News