जनकपुरधाम । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दीलिप   साहले   प्रदेशले   जिल्ला   पठाएका  कर्मचारीले कमिसन  माग्ने  गरेको  गुनासो  गरेका  छन्   । बुधबारको प्रदेशसभा बैठकमा कमिसनबिना जनताको काममा  कर्म चारीले हातै नलगाउने गुनासो गरेका हुन् भिडियो अन्तिम मा

उनले प्रश्न गरे, ‘कमिसनबिना  काम नै  गरिरहेका  छैनन् । यसको अनुगमन कसले गर्ने ? कसरी बन्छ समृद्ध प्रदेश ? कर्मचारीको  काम  स्टिमेट  बनाउने  र  काम  गराउने  हो’, उनले भने, ‘तर कमिसन दिएपछि स्टिमेट भाँडमा जान्छ ।’ कमिसनबारे व्यापक गुनासो आएकाले सरकारको ध्याना  कर्षण गराएको उनले बताए ।

अर्थमन्त्री विजय यादवले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ को छलफलका क्रममा बोल्दै उनले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरेपनि व्यवहारमा लागू नभएको पनि बताए ।

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा दिल्लीका मुख्यमन्त्रीले ल्याएको सुधारबाट प्रदेश सरकारले सिक्नुपर्ने बताए । दिल्लीमा नीजि विद्यालय छाडेर विद्यार्थीहरू सरकारी विद्यालय जान थालेको तर यहाँ केही सुधार नआएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News