२७ जेठ , काठमाडौं ।  स्वास्थ्यमन्त्री  शेरबहादुर  तामाङले आफ्नो  सम्पत्ति  विवरण  सार्वजनिक  गरेका  छन् ।  २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण  सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको  सम्पूर्ण  विवरण  पछि उपलब्ध  गराउने  उल्लेख  गरेका थिए । उनले सार्वजनिक गरेको  सम्पत्ति  विवरण  अनुसार  उनको  काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ ।

पैतृक सम्पत्ति र आफूले जोडेको  सम्पत्तिसहित  गरेर  उन को र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं रसिन्धुपाल्चोक मा जग्गा छ । त्यस्तै, उनले  आफूसँग २२ तोला सुन रहेको बताएका   छन्  ।  उनको  काठमाडौंको  गोकर्णेश्वरमा  घर सहितको   जग्गा  छ ।  उनले  सार्वजनिक  गरेको  सम्पत्ति विवरण तल उल्लेख छ ।

यो पनि:शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठ ले लिम्पियाधुरा  र लिपुलेकविनाको  पुरानो  नक्सा  छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्या लयस्तरको  पाठ्यपुस्तक  बिक्री  गरेको  सूचना  पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन!

उनको सचिवालयका मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्देशन दिएका थिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News