
नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।भिडियो अन्तिममा
एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताए । स्रोतका अनुसार सर्वोच्च अदालतको आदे शले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।
तर अदालतको आदेशका कारण सम्भव नभएको बताए पछि नैनकलाको नाम छलफलमा आएको थियो । ‘हामीले हाम्रो पुननियुक्ति हुँदैन भने म्याडमलाई मन्त्री बनाउनुपर्छ । हाम्रो लिगेसी रहन्छ भनेका थियौं,’ एक पूर्वमन्त्री भन्छन्, ‘म्याडमले म कहाँ मन्त्री बन्नु भन्नु भएको थियो ।
अहिले आएर उहाँलाई नै बनाउनुप¥यो ।कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् ।
यो पनि: कैलालीका नेकपा एमाले नेता नारदमुनि राना पनि मन्त्री बन्ने पक्का भएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गरेका थिए । रानाले पद स्वीकार गरेको बताए । वन मन्त्रालयको जिम्मेवारी दिइएको छ,’ रानाले भने, ‘साँझ ४ बजे सपथका लागि बोलाउनु भएको छ ।
रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए । चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।