७० करोडको बार्गेनिङ  अडियो  बाहिरिए  पछि  मन्त्री  पद बाट  राजिना मा  दिएका  गोकुल  बास्कोटाले नयाँ नियुक्ति सम्पुर्ण मन्त्री लाई बधाई दिएका  छन ! अघिल्लो  साता  र आज    मन्त्री  नियुक्त  हुनु  हुने  माननीय  मन्त्रीज्यूहरुलाई हार्दिक बधाई ।अनेक प्रकारले चुनौतीयुक्त समयमा   प्राप्त यो  दायित्व  सम्पुर्ण  रुपमा  सामना  गर्न सफलता मिलोस सीमाहीन शुभकामना !!!

यो पनि लेख्नु भएको छ ! विधि, पद्दती  अनुशासन  संघीय ता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगा उने एमालेको खरानी समुहले आज  पनि  पार्टी  एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा  विल य हुने  र  काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रा मा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकाम ना !

यो पनि:प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार  मन्त्रिपरि षद विस्तार गर्दा मुगुका एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँ  मन्त्रीमा  समेटिए ।  दिउँसो  ४  बजे  शपथ ग्रहणको समय तोकिए पनि मन्त्री हुनेहरुको नाम सार्वजनि क भएपछि उनीहरु शुभेच्छुक र कार्यकर्ताको  बधाई थापि रहेका छन् ।

बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ । बानियाँले आफू चौथो पटकको प्रयासमा बल्ल मन्त्री बनेको  अनलाइनखबरलाई  सुनाए । भन्छन्,   ‘म त   पुरानै  सिनियरै  मान्छे  हो,  बल्ल  अहिले (पालो) आयो

२०७२ सालमा संविधान निर्माण भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा जा न उनले  पहल  गरेका  थिए ।  तर त्यतिबेला  अवसर पाएनन् । २०७४ सालमा प्रतिनिधिसभा को निर्वाचनमा  समानुपातिक निर्वाचन  पद्धतिबाट सांसद निर्वाचित भएपछि पनि उनले मन्त्रीका लागि लबिङ गरेका थिए । ‘राज्यमन्त्री दिने कुरा भयो, म हुन्न भनें,’ उनले अन लाइनखबरसँग भने ।

प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका नेताहरु सरकारबाट बाहिरिएपछि बानियाँले मन्त्री बन्न पहल गरे । प्रधानमन्त्री ओलीले ८ जना मन्त्री र एक राज्यमन्त्री बनाउँदा पनि बानियाँ परेनन् । ‘माओवादीबाट आएका साथीहरुलाई सेटल गर्नुपर्ने भएपछि बाहिर परें,’ उनले भने ।

त्यतिबेला शपथ ग्रहणका लागि तयार भएर बसेका थिए । तर अन्तिम समयमा उनलाई टेलिफोन आएन । आफैंले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर बुझ्दा सरी भनेको उनले बताएका थिए । ‘दौरा सुरुवालै लगाएर बसेको त होइन, तर त्यस्तै त्यस्तै हो,’ बानियाँले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका उनी एमालेमा अध्यक्ष ओली पक्षका पुरानै नेता हुन् । बानियाँले कर्णाली पछाडि परेको ठाउँको प्रतिनिधि हुनाले आफू क्याबिनेट स्तरको मन्त्री हुनुपर्ने माग गर्दै आएका थिए । ‘क्याबिनेट स्तरको मन्त्री कर्णालीले पाउनुपर्छ भन्ने माग हो, समग्र कर्णालीबासीले यो माग गरेका हुन्,’ उनले भने ।

बानियाँले सरकारमा जानका लागि कुनै मन्त्रालय रोजेका थिएनन्, खाली कर्णालीको प्रतिनिधिको हैसियतमा सरकारमा जान पाउनुपर्छ भन्ने उनको माग थियो ।अहिले सरकारमा जाने चाहना त पूरा भयो, तर समय उपयुक्त नभएको उनलाई अनुभूति भएको छ ।

अलिकति काम गर्ने मौका भएको भए हुन्थ्यो । तर चुनावमा जानुपर्ने भयो । आफ्नो भिजन मिसन अनुसार काम गर्ने वातावरण सिर्जना हुँदैन,’ बानियाँले भने, ‘खाली मन्त्री बन्ने धोको त पूरा होला तर देशलाई राम्रो निकास दिने, आफूले सोचेको मिसन पूरा गर्ने सम्भावना कमै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News