काठमाडौं ।  नवनियुक्त  गृ’हमन्त्री  खगराज  अधिकारीले जनताको  काममा  ढिलासुस्ती  र अटेर भ्र’ष्टाचार  गर्ने छुट अब कसैलाई नहुने बताएका  छन्  विहीबार  सिंहदरबारमा पदभारपछि  आयोजित  कार्यक्रममा गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम  गर्ने  मन्त्रालय  भएको  भन्दै जनताको काममा ढिलासुस्ती र  अटेर  गर्ने  छुट अव  कसै लाई नहुने बताएका हुन् ।

उनले गृहबाट  फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिए । उनले जनताको  अधिकारलाई  कार्यान्वयन  गराउन ध्यान केन्द्रति गर्नुपर्ने उल्लेख गरे !उनले भ्रष्टाचारको दुर्गन्ध आए  कम्प्रोमाइज  नगर्ने  स्पष्ट  पारे  सरकारले  प्र’तिनिधि सभाको  निर्वाचन  तोकिसकेको  अ’वस्थामा निर्वाचनलाई भयरहित बनाउन पनि उनले  निर्देशन दिए  त्यसअघि  राष्ट्र पति  विद्यादेवी  भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा  नि’युक्त  गरेकी  ७  मन्त्री  र  १  राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका छन् ।

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथाआपू र्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना  प्रविधि मन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकास मन्त्री मा ज्वालाकुमारी  साह  नियुक्त  भएका  छन्  । त्यस्तै  वन तथा  वातावरणमन्त्रीमा  नारदमुनि  राना,  संघीय  मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी  मोहन  बानि यालाई मन्त्री नियुक्त गरिएको छ ।

यो पनि: सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले बिहीबार पदभार ग्रहण गरेकी छिन् ।राष्ट्रपति कार्यालयबाट सपथ  ग्र’हणपश्चात  उनी  सिंहदरवारस्थित  सञ्चार  तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

महिला  आयोगको  अध्यक्ष  भइसकेकी  थापा  पछिल्लो समय सक्रिय  राजनीतिमा  थिइनन् । तर  पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News