काठमाडौं।नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोगगर्ने भएकी छन् । आइतबार निशालाई भेट्न अस्पताल पुगेकी अभिनेत्री आँचलले एक लाख सहयोग गर्ने बताएकी  हुन् । आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् ।

स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा  चाँडै  निको  हुने मा  आफू  वि’श्वस्त  रहेको  आँचलको  भनाइ छ ।तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत जाने क्रममासवारी दु’र्घटनामा  परी  ब्रेन इञ्जुरी भएकी निशाको गत विहीबार देखि नर्भिक अस्पतालमा उपचार भइरहेको  छ  अस्पताल की   प्र’बन्ध   नि’र्देशक  मेघा  चौधरीले  उनको उद्दार  गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् ।

निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१जार प्रदान गरेको छ ।

यो पनि:नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई भेट्न यतिबेला विभिन्न कलाकार,गायक तथा अन्य विभिन्न व्यक्तित्त्वहरू गइरहेका छ्न्।कतिपयले सहयोग सहित संकलन गरेर उनको उपचारमा सहयोग गर्दै आइरहनुभएको छ भने कतिपयले उनको लागि भविष्यमा अक्षय कोष स्थापना गरिदिने आश्वासन दिएर जानुभएको छ।यसै क्रममा नायिका आँचल शर्मा पनि उनको अवस्था हेर्नको लागि अस्पताल पुगेकी छिन्।उनले भनिन्,उनी केही समय यस अगाडि बिपासना ध्यानको लागि बसेको हुनाले कसैसँग सम्पर्कमा हुन नपाएको पनि बताइन्।

बिहे पश्चात् लामो समयदेखि त्यति मिडियामा नदेखिएकी आँचललाई सोधपुछ गर्दा उनले एक महिना अघि आफ्नो नाकको सर्जरी गरेको पनि बताइन्।उनको नाकमा सानो मासु पलाएको हुनाले यसबाट भविष्यमा हुनसक्ने संभावित जोखिमलाई हुन नदिन डाक्टरको सल्लाह अनुसार नै सर्जरी गरिएको बताइन्।उनी सँगै रजतपट अङ्कल भनेर चिनिने प्रकाश सुवेदी पनि जानुभएको थियो र उहाँले पनि सम्पूर्ण कलाकारहरूबाट अक्षय स्थापना गर्ने र सहयोग संकलन गर्न जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News