‘मठ मंदिर गाई बाच्छा बचाउ तथा सामाजिक अभियानका आइबि न्यौपाने गोपाल जो सडक मा बेवारिसे हिसाबमा फ्यालिएका गाईबस्तुहरु लाई पशुपति क्षेत्रको सेरोफेरोमा संरक्षण गरि रहनुभएको छ ।’

अहिले पछिल्लो समय लकडाउने सृजना गरेको विषम परिस्थिति उपर यी गाइबस्तुलाई दिइनुपर्ने स्याहारसुसार ,उपचार र खाद्य बस्तु पनि काहि बाट सहयोग स्वरुप नआएको र यिनिहको सेवा गर्न आर्थिक स्थिति एकदमै नाजुक भएको अवस्थामा केही रकम सहयोग सहित राजु परिया रको साथमा पशुपति क्षेत्रमा मिडिया पुगेको हो ।

‘बरिस्ठ गायक र लोकप्रिय कलाकार राजु परियारको सो स्थानमा आगमन भएसगै आफुलाई निकै गौरव भएको संचालक आरबि न्यौपाने बताउँछन् ।’

‘गाई देशकै राष्ट्रिय जनावर पनि हो र हिन्दु धर्मावलम्बी हरुको लागि विशेष महत्त्व राख्छ जस्लाई संरक्षण गर्नेु हाम्रो साझा धर्म पनि हो ।’

यो पनि,,भात खान दिनहुँ दुई घन्टा हिँडेर थापाथली आउँछन् मीठू र उनका छोराछोरी

‘शनिबार दिउँसो साढे दुई बजे। थापाथली चौरमा भो’काहरूको भि’ड बढ्दै थियो। भोकले रन्थनिएकाहरू मनकारीले बाँड्ने दाल–भातको प्रतीक्षामा थिए। चौर नजिकै मन्दिर छेउमा सानो समूह थियो। त्यो समूह खाना खानकै लागि भोलढोका, बालकुमारीबाट थापाथली पुगेको रहेछ। पदैल हिँडेर आएका उनीहरू मन्दिर छेउ बसेर थकाइ मारिरहेका थिए।’

‘त्यहीँ एक महिला काखमा सानी बच्ची च्यापेर बसेकी थिइन्। दुई वर्षीया छोरी बोकेर उनी दुई घन्टा हिँड्दै थापाथली पुग्ने रहिछन्। ‘अरू मान्छे त डेढ घन्टामा आइपुग्छन् नि। मलाई बच्चासँग दुई घन्टै लाग्छ,’ उनले सुनाइन्। उनको नाम मीठू लामा हो, उमेर ४० वर्ष। मकवानपुरकी उनी विगत २२ वर्षदेखि काठमाडौं उपत्यकामै बसिरहेकी छन्।’

‘तीन सन्तानकी आमा मीठू र उनका श्रीमान ज्यामी काम गर्छन्। नि’षे’धा’ज्ञाका कारण काम चौ’पट भएपछि अचेल दैनिकी फेरिएको छ। डोकोमा इँटा र बालुवा भारी बोक्न निस्किने मीठू यति बेला छोरी च्यापेर खानाका लागि निस्किन्छिन्। कान्छा छोरा उनको पछिपछि लाग्छन्।’

‘मनकारीहरूले थापाथलीमा दिनको दुई पटक खाना बाँड्छन्। तर धेरै हिँड्नुपर्ने भएकाले उनीहरू एकपटक मात्रै पुग्छन्। कहिले त्यहीँ बसेर खान्छन्। कहिले बोकेर घरै फर्किन्छन्।’

‘निषेधाज्ञा सुरू भएको चौथो दिनदेखि उनीहरू थापा थलीमा बाँडिने एक छाक भातले बाँचिरहेका छन्। उनका श्रीमान र जेठा छोरा भने हात पसारेर खान लाज हुन्छ भनेर आउन हि’च’कि’चाउँछन् रे।’

‘लाज मानेर के गर्नु, काम गरेर खान्छु भन्दा छैन। हटकट्टा मान्छे अरूले दिएको हात थापेर खानुपरेको छ। त्यही पनि धन्न पाइएको छ। नत्र त कसरी बाँ’च्नु?’ आफ्नै पाखुरी बजारेर खाने आफूहरू एक छाक टार्न अरूको भर पर्नु परेको भन्दै उनले दुःख व्य’क्त गरिन्।

‘एक साता अघिदेखि भने मनकारीहरूले साँझपख मंगल बजारमा पनि खाना बाँड्न थालेका छन्। मंगलबजारको दुरी उनको कोठाबाट नजिकै छ, १५ मिनेट हिँड्नुपर्छ। तै पनि थापाथली धाउनुपर्ने मीठूको बा’ध्य’ता टरेको छैन। भन्छिन्, ‘बिहान पनि भो’क लाग्छ।    आफू मात्रै भए सहिन्थ्यो। केटाकेटी भो’क लाग्यो भनेर रून थाल्छन्।’

‘बिहानको खाना थापाथलीमा, बेलुका मंगलबजार। केही दिनदेखि दुई छाक जोहो हुन थाले पनि मौसमले उनीहरू लाई चु’नौ’ती थप्न थालेको छ। ठ्याक्कै खाना लिन निस्कि ने बेला पानी बर्सिन्छ। शनिबार बिहानैदेखि पानी प¥र्‍यो। बिहान दस बजेको खाना लिन उनीहरू थापाथली पुग्न सकेनन्।’

‘एउटा मात्रै छाता छ। एक जना आए, एक पोको खानेकुरा पाइन्छ। छोराछोरी पानीमा लिएर भिजाउँदै कता हिँड्नु भनेर बिहान आइएन। तर छोराछोरी भो’क लाग्यो भन्न थाले,’ मीठूको अनुहार अँ’ध्यारो भयो।’

‘उनीहरूले त्यो बिहान बाटोतिरबाट टिपेर लट्टेको साग खाए। छोरीलाई भने बेलुकाको अलिकति भात बचाएर राखिदिएकी थिइन्। थापाथलीमा उनीसँग कुराकानी गर्दागर्दै तीन बजिसकेको थियो। खाना आइपुग्ने भन्दै उनीहरू त्यहाँबाट उठेर चौरतर्फ लागे। चौरको एक छेउमा हात धुने पानी र साबुन राखिएको थियो। मीठूले छोरीको हात धोइदिइन्। आफ्नो पनि धोएर खाना पर्खिँदै एउटा कुनामा बसिन्।’

‘खाना आइपुगेकै थिएन। मीठूकी छोरीले चौरमा एउटा काँक्रोको टुक्रा फे’ला पारिन्। कु’हिन लागेको काँक्रो टुक्रा मुखमा लैजान लाग्दै थिइन्, मीठूले बडो जोडले फुत्काइन् र फा’लिदिइन्। भोकले र’न्थनिएकी उनकी छोरी चि’च्या ’एर रून थालिन्।’त्यस्तो फोहोर खानु हुँदैन। अहिले खाना आउँछ अनि खानुपर्छ,’ छोरीलाई आफूतिर तान्दै उनले सम्झाइन्।’

‘उनकी छोरीका आँखा भने निकै बेरसम्म फा’लि’एको काँक्रोतिरै थिए। फेरि टिप्न लम्किँदै थिइन्, मीठूले दूध चुसाएर भुलाउन खोजिन्। केही बेरमा छोरी निदाइन्।’

‘खाना साढे तीन बजिसक्दा पनि आइपुगेको थिएन। पर्खिरहेका अरू मान्छे पनि छ’ट्प’टाउन थालेका थिए।   खै के कुरामा हो, खाना पर्खिएर चौरमा बसिरहेका केही व्यक्तिबीच झ’ग’डा सुरू भयो। उनीहरू ढुं’गा टि’पेर हा’ना’हा’न गर्न थाले।’

‘निदाएकी छोरी काखमा राखेर बसिरहेकी मीठूलाई झन्डै ढुं’गाले लाग्यो। ‘खाना खाने ठाउँमा मारामार चल्छ। एका तिर को’रो’ना सर्ला भन्ने पि’र, अर्कातिर सकुशल घर फर्कि न पाइँदैन भन्ने ड’र छ,’ मीठू भन्छिन्, ‘कतैबाट थोरै चामल पाए पनि जाउलो बनाएर खाइन्थ्यो। किन यहाँ आउनुपर्थ्यो।’

‘केही बेरमा खानाको गाडी आइपुग्यो, ठ्याक्क चार बजे।इन्द्रा राना खाना बाँड्दै मीठू भएतिर आइपुगिन्। उनले एउटा खानाको पोको (प्याकेट) निकालिन्। काखको बच्चा हेरिन् र ‘यो बच्चाको लागि’ भन्दै अर्को पोको निकालेर दिइन्।’

‘बिहानैदेखि भोकाएका उनीहरूलाई त्यहीँ बसेर खान मन थियो। तर छोरी निदाएकी। आकाश धुम्मिएको। पानी प¥र्‍यो भने कसरी घर पुग्ने भन्ने चि¥न्ता भयो।’

‘खोलाको छेउछेउ पानी प¥र्‍यो भने कसरी घर पुग्नु। बरू घरै पुगेर खाने,’ मीठूले आफ्नो र छोराछोरीको तीन पोका भात झोलामा राखिन्। झोला छोरालाई बोक्न दिइन् र निदाएकी छोरी च्यापेर हिँडिन्।’

‘हामीले मीठूलाई पछ्यायौं। चार बजे त्यहाँबाट निस्किएकी उनलाई कोठा पुग्न दुई घन्टा लाग्यो। श्रीमान र जेठा छोरा बाहिरतिर निस्किएका रहेछन्।’

‘एउटा पलङ, भुइँमा लगाइएको अर्को ओछ्यान पल्टाएर राखिएको। एउटा कुनामा खाना पकाउ ने ठाउँ। ग्यासचुलो माथि बाहिरबाट ल्याएका खानेकुरा तताएका रित्ता भाँडा। प्लास्टिकको झोलामा लट्टेको साग।’

‘चामल भए पनि यो सागसँग कति खानुहुन्थ्यो। ल’क’डा’ उनको चार दिनमै चामल सकियो। त्यसपछि चुलोमा कहि लेकाहीँ यही साग पाक्छ। अब त ग्या’स पनि सकिन लागे को छ,’ साग पल्टाउँदै उनले भनिन्।’

‘मीठूले निदाएकी छोरीलाई ब्युँझाइन्। खाना निकालेर छोरीलाई दिइन्। भोकाएकी छोरी हतार–हतार खान थालिन्। छोराले पनि आफूले पाएको पोको खोले। एउटा पोको जेठो छोरा र श्रीमानसँग बाँडेर खान भन्दै मीठूले राखिन्।’

‘पहिलो ल’क’डा’उनमा उनीहरूले केही संघ संस्थाले बाँडेको राहत पाएको थिए। त्यसैको जाउलो खाएर छाक टरेको थियो। बालबच्चा बोकेर एक पोको भातका लागि हिँड्नुपरेको थिएन। उनका श्रीमान बाबु तामाङको नागरि कता देखाउँदा वडाबाट पनि दस किलो चामल र दाल मिलेको थियो।’

‘घरबेटीको नागरिकता, यसको बाउको नागरिकता सबै देखाएर दस किलो चामल भए पनि पाइएको थियो। यो पटक त कतैबाट रासन पाइएन,’ छेवैमा बसेको छोरालाई इं’कित गर्दै मीठूले भनिन्।’

‘मीठू र उनका श्रीमान पहिले गलैंचा कारखाना मा काम गर्थे। दैनिक १२ घन्टा खट्दा पनि खानै मु’श्किल भएपछि श्रीमानले ज्यामी काम थाले। काम हुँदा कमाइ राम्रै हुने रहेछ भनेर मीठूले पनि तीन वर्ष अगाडिदेखि ज्यामी काम सुरू गरेकी हुन्।

‘मीठू र श्रीमानले काम गर्दा दैनिक सात/सात सय कमाउँथे। तर एक हप्ता काम पाए पन्ध्र दिन बेरोजगार बस्नुपर्थ्यो। त्यसैले खान पुग्थ्यो, बचत हुन्थेन। सहरमा आफन्त भनेका पनि मीठूका जेठाजु र जेठानी मात्रै छन्। उनीहरूको अ’वस्था पनि उस्तै हो। सहयोग माग्ने ठाउँ छैन।

‘दुई दशकदेखि सहरमा सं’घ’र्ष गर्दा पनि खान-लाउन बाहेक केही जोहो गर्न सकेका छैनन् उनीहरूले। मीठू भन्छिन्, ‘गाउँमा जमिन भएको भए यस्तो दुःखले बस्नु’पर्थेन। हाम्रो न घर छ न पाखोबारी। अहिले भोकै बस्नुपर्दा दिक्क लागेको छ।’यो खबर सेतोपाटिमा निर्मला घिमिरेले लेखेकी छन,”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News