काठमाडौं । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम÷सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । १६ पुस अर्थात् २०२० जनवरी १

(अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सका रूपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिनेछ । सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने छ । यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकले मंगलवारसम्ममा सिम एक्टिभेट गरेमा पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त गर्नेछन् । १६ पुस वा सोभन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ । नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन र ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ ।

कांग्रेस प्रवक्ताकाे प्रश्न : के नेपाललाई उत्तर कोरिया बनाउन खोजेको हो ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार संसदको विकास तथा प्रविधि समितिले बहुमतबाट पारित गरेको सूचना प्रविधि विधेयकप्रति असहति जनाउँदै नेपाललाई उत्तर कोरिया बनाउन खोजेको गम्भिर आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै शर्माले त्यस्तो विधेयकलाई ठाडै अस्वीकार गर्ने घोषणा गरेका छन् । ‘सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन वा सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन’, शर्माले भनेका छन् ।उनले विधेयकमा उल्लेख भए बमोजिम कसैले सामाजिक सञ्जालमार्फत जिस्काएमा पाँच वर्ष कैद र १५ लाख जरिमाना सही नभएको भन्दै त्यसको खुलेर विरोधमा उत्रन आव्हान समेत गरेका छन् ,

‘पाँच वर्षसम्म कैद र जरिमाना १५ लाख, के यो सहि छ ? छैन भने खुलेर बोलौं, जमेर बोलौं’ पीएम नेपाल नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News