काठमाडौँ। राजधानी काठमाडौँमा फेरी जातीय विभेदको अर्को घ’टना सार्वजनिक भएको छ । इमेज टेलिभिजनको उकाली-  ओराली   का’र्यक्रमकी  प्र’स्तोता  रूपा    सुनार पछिल्लो समय कोठा सर्न  खोज्दै  थिइन्  ।  काठमाडौँको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘

सुनार’ अर्थात् दलित समुदायको भएको  थाहा  पाए  पछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्वीकार गरेकी हुन् घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन् । उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने  लागेको छ ।  आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको  महसुस  भए को बताइन् रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन ।

ती घरबेटीले तिमीहरूलाई कोठा भाडामा दिन मिल्दैनभन्दै जातीय विभेद गरेको  पाइएको  हो  । काठमाडौँ  महानगर पालिका  वडा   नम्बर  ११  की  घरबेटी  सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर  भइसकेपछि  अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिइन ।

सञ्चारकर्मी सुनारले आफू माथि भएको विभेदको विरुद्ध कानुनी उपचार खोजेकी छिन।महानगरीय  प्र ‘हरी  वृत्त सिंहदरबारमा  आज  अधिकारकर्मी ,  पत्रकार र कानुन व्यावसायिक बाक्लो उपस्थित र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

सरु सुनुवार लेख्नु हुन्छ:सानो जात भन्दै कोठा नदिने घरबेटी विरुद्ध जाहेरी दर्ता कसैलाई पनि जात , रङको आधारमा विभेद गर्ने छुट छैन । सन्चारकर्मी रुपा सुनारलाइ तल्लो जातलाई कोठा दिन मिल्दैन भनी जातीय अपमान र बिभेद गर्ने काठमाडौ कै घरबेटी विरुद्ध जाहेरी दर्ता ।

महानगरीय प्रहरी बृत सिंहदरबारमा आज अधिकारकर्मी , पत्रकार र कानुन व्यावसायिको बाक्लो उपस्थित र छलफल पछि जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको छ । त्यति सजिलै त कहाँ मुद्दा दर्ता हुन्थ्यो र ५ घण्टाको हामी सवैको दबाब , पहल र सहयोगमा मुद्दा दर्ता भएको छ। हामी सबैलाई बधाई , हामी सबैलाई धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News