काठमाडौं। रूपा  सुनारले  घरभाडा  माग्न  जाँदा  जातीय विभेद   गरेको  भन्दै  उजुरी दिएपछि घरबेटी पक्राउ परेकी छन् । काठमाडौंको बबरमहलस्थित प्रधान  थरकी  महिला लाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार प’क्राउ गरेको हो !वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्रहरीले  घरबेटीवि’रूद्ध  गत  शुक्रबार  नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

रुपाले घरबेटी पक्राउ परेकोबारे पुष्टि गरेकी छन् गत मंगल बार  बबरमहलमा  आमासँग  बस्दै  आएकी  सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफू ले कोठा नपाएको बताएकी थिइन रूपा इमेज टेलिभिजन को उकाली ओराली कार्यक्रमकी  प्रस्तोता  हुन् ।  भिडियो

रूपाले आफूमाथि जातीय  विभेद  भएको  भन्दै  बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।

यो पनि:जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दलकै कारणा देश संकटमा परेकाे बताउनुभएकाे छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत राजनीतिक दल र नेतृत्वको स्खलन नै देश संकटकाे प्रमुख कारण रहेको बताउनुभएको हाे

भट्टराईले सामाजिक सञ्जाल मार्फत कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताउनुभएको छ । भट्टराईले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गर्नुभएको छ ।

भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भन्नुभएको छ, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु ।’

पार्टीहरू रूपान्तरण हुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभएको छ, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News