एजेन्सी : कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई को’रोनाभाइरसको खोप निशुल्क लगाइदिने भएको छ ।प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन ख’लिफा बिन अब्दुलजिज अल थानीले विभिन्न पत्रपत्रीकाको

सम्पादकसंग गर्नुभएको कुराकानीमा खोप लगाउने कम्पनी संग छलफल भैरहेको बताउनु भएको छ ।खोप नलगाउने दर्शकले भने विश्व कप हेर्न पाउनेछैनन् ।त्यस्तै विश्वकप आयोजना को तयारी तिव्र गतिमा बढिरहेको प्रधानमन्त्री अल थानीले बताउनुभएको छ ।

प्र’तियोगिताको फाइनल खेल आयोजना हुने लुसेल रंग शालाको काम ९० प्रतिशतले सकिए को र अल थुमामा    र रस अबु अबौद रंगशालाको काम पनि सोचे अनुसार अगाडी बढिरहेको उहाँ ले थप्नुभयो ।

त्यस्तै गत चौबिस घण्टामा देशभर थप १८४ जनामा को’रोना भाइरस संक्रमण र १९७ जनालाई नि’को भए  को स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये ९३ जना स्थानिय र ९१ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतार मा भाइरस सं”क्रमण पुष्टि भएको कुल संख्या २,२०,६९३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २१,१४० जनालाई परिक्षण गरिएको थियो ।नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News