काठमाडौं – असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार सय रुपैयाँमा आइपुगेको छ ।’

‘यस्तै साता भर तेजावी सुुनको भाउ दुई हजार ७५० रुपैयाँ ले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महिनाको पहिलो दिन ९२ हजार ७ सय रुपैयाँमा का’ रोबार भएको छापावल सुनको भाउ आज ७ गते   ८९ हजार ९५० रुपैयाँमा आइपुगेको छ ।’

‘चाँदी भने साताभर जम्मा ६० रुपैयाँले तोलामा घटेको छ । एक हजार ३५५ रुपैयाँमा असार एक गते कारो”बार भएको चाँदीको भाउ ७ गते १२ सय ९५ रुपैयाँ कायम भएको छ । एक गतेदेखि ६ दिनसम्म लगातार घटेको सुन चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।’

मंगलबारबाट सुनचाँदी कारोबार खुल्दै

‘निषे’धा’ज्ञाका कारण वैशाख १५ गतेबाट बन्द सुन चाँदी व्यवसाय मंगलबारबाट सञ्चालनमा आउँदैछ । साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुन चाँदी पसल खोल्न दिने प्रशासनको निर्णयपछि पसल सञ्चालनको तयारी थालिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।’

‘लामो नि’षेधा’ज्ञाका कारण आर्थिक अवस्था जर्जर बनका व्यवसायीहरुलाई व्यवसाय खुला भएपछि केही राहात मिल्ने उनले बताए । कोरोना बि’रु’द्धकेा खोप प्रभावकारी बन्दै गएपछि विश्व बजारमा सुनको भाउ ओरालो लाग्ने क्रममा देखिएको पनि बज्राचार्यले बताए ।

‘मानिसहरु विश्वस्त भएको देखिन्छ, अवस्था पुरानै लयमा फर्कियो भने सुनको भाउ तोलामा ८० देखि ९० हजारको बाीचमा मात्रै रहने अवस्था आउँछ,’ महासचिव बज्राचार्यले भने । श्रोत : अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News