सर्वोच्च अदालतले  मन्त्रिपरिषद  विस्तारविरु’द्ध  अन्तरिम आदेश दिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सर्वोच्चले अन्तरिम  आदेश  दिए को  हो  यो आदेशसँगै  प्र’तिनिधिसभा वि’घटनपछि प्रधान मन्त्री केपी ओली नेतृत्वको  सरकारमा  सहभागी   भएका २० मन्त्रीको पद गुमेको छ।

प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले मन्त्रिपरिषदको  विस्तार  संवि धान अनुकूल नभएको र संविधानको  मूल  मर्म  र  भावना विपरीत भएको ठहर गरेको छ । अन्तरिम  आदेशसँगै अब सरकारमा  चार  मन्त्री  मात्र रहने भएका छन् ।  प्र’तिनिधि सभा वि’घ’टन भएपछि प्रधानमन्त्री ओलीले  एमाले  प्रवेश गरेको  पूर्वमाओवादी समूह, जसपा महन्थ ठाकुर समूहका नेता सरकारमा सहभागी भएका थिए ।

प्रधानमन्त्री  केपी  ओलीले प्रतिनिधिसभा वि’घ’टनपछि जेठ १७ गते मन्त्रिपरिषद्  विस्तार  गरेका  थिए ।  जहाँ जसपाको तर्फबाट उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका थिए । त्यसैगरी ओलीले जेठ २७ गते गृ’हमन्त्री खगराज अधिकारीसहित सात मन्त्री नि’युक्त गरेका थिए ।

सर्वोच्चको  अन्तरिम  आ’देशसँगै  ओली स रकारमा  सह भागी उपप्रधानमन्त्री राजेन्द्र महतो, रघुवीर महासेठसहित २० मन्त्रीको पद गुमेको छ । उपप्रधानमन्त्री बढुवा भएका विष्णु पाैडेल अर्थमन्त्रीमा मात्र सीमित भएका छन् ।

यो आदेशसँगै अब सरकारमा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णु पाैडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङमात्रै बहाल रहने भएका छन् ।

यो पनि: सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि मन्त्री बनाइएकाहरु पदमुक्त भएका छन् । आज प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिमण्डल पुर्नगठनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पदमुक्त हुनेगरी अन्तरिम आदेश जारी गरेको हो

अन्तरिम आदेश जारी भएसँगै ११ जना जनता समाजवादी पार्टीबाट मन्त्रीहरु पदमुक्त भएका छन् । उपप्रधानमन्त्री बनाइएका राजेन्द्र महतो पनि पदमुक्त भएका छन् ।

पदमुक्त भएका मन्त्रीहरु
रघुवीर महासेठ
राजेन्द्र महतो
खगराज अधिकारी
शरतसिंह भण्डारी
अनिलकुमार झा
शेरबहादुर तामाङ
राजकिशोर यादव
लक्ष्मणलाल कर्ण
नैनकला थापा
ज्वालाकुमारी साह
बिमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मियाँ
नारद मुनि राना
गणेशकुमार पहाडी
मोहन बाँनिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
आशाकुमारी वि.क.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News