
‘काठमाडाैं – निषेधाज्ञा र दलित समुदायको कारण बन्द भएको टेलिसिरियल ‘जुठे’ पुनः प्रसारणमा आउने भएको छ । सिरियल माथि उठेका प्रश्न तथा गुनासाहरूलाई लिएर राष्ट्रिय दलित आयोगमा छलफल समेत भएको सिरियल का निर्देशक राजु पौडेलले बताएका छन् ।’
‘पौडेलले फेसबुकमा लेख्छन्, ‘हाम्रो कार्यक्रम जुठे माथि दलित समुदायबाट विभिन्न टिका टिप्पणी तथा गुनासा उठेपछि उक्त कुरालाई मध्यनजर गरी राष्ट्रिय दलित आयो गमा आयोग का अध्यक्ष माननीय देवराज विश्वकर्मा सँगै अन्य माननीय र सचिव ज्युहरूसँग जुठेको विषयमा छल फल गरियो ।’
‘छलफलकै क्रममा अध्यक्षज्युले भन्नु भो,हजुरहरूले ६५ लाख दलितको आवाज बोकेर हिँड्नु भएको छ । यसलाई हामी सम्मान गर्नेछौँ र आउँदो दिनमा अहिले भएका कमी कमजोरी लाई सुधार्दै समाज रुपान्तरणमा दलित समुदाय ले खेलेको भूमिकालाई सकारात्मक ढंगले प्रस्तु त गर्नुपर्ने सुझाव दिनुभयो । सल्लाह, सुझावको लागि राष्ट्रिय दलित आयोगप्रति हामी निकै आ भारी छौँ’उनले थपे ।’
‘उनले छलफल सकारात्मक भएको बताउँदै छलफलका क्रममा समाजमा रहेका विभेदलाई हटाउन ‘जुठे’ सिरियल ले सकारात्मक भूमिका खेलोस् भन्ने चाहना छलफलमा सहभागीहरूको रहेको जानकारी दिए । सिरियलमा दलित पात्रलाई बिचरा बनाएर प्रस्तुत गरेको भन्दै अधिकारकर्मी हरूले विरोध गरेका थिए ।’
‘उनीहरूले टेलिसिरियल बन्द गर्नुपर्ने माग राखेका थिए । राजु पौडेल र मरिचमान श्रेष्ठको सयुक्त लेखन तथा निर्देश न रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी , मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।’
‘योगेश काजीको संगीत रहेको श्रृंखलामा राहुल राई र घनश्याम पोखरेलको छायांकन र रविन भट्टको सम्पादन रहेको छ । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रूपमा प्रस्तुत गर्दै आएको छ । अब सिरियल असार १६ गतेबाट पुनः प्रसारणमा आउने भएको छ ।’