नेकपा (माओवादी केन्द्र)  का  अध्यक्ष  पुष्पकमल  दाहाल प्रचण्ड’  ले  आफू जनतासामू गरेको प्रतिबद्धता अनुसार नै अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुभन्दा  राम्रा नेता ल्याए आजै पद छोड्न तयार रहेको पनि बताए  उनले आफूले  यो तीन वर्षमा केपी शर्मा ओलीलाई राम्रोसँग चिने को पनि टिप्पणी गरे!आज (बिहीबार) संसद् भवनमाआयो जित सम्पादकहरुसँगको अन्तरक्रियामा  अध्यक्ष  दाहालले यस्तो बताएका हुन् ।

उनले  आफूहरुको  यो   गठबन्धन  लोकतन्त्र  र  संविधान रक्षार्थ  गठन  भएको गठबन्धन सुनाए । उनले सबै नेताहरु उस्तै उस्तै हुन भनेर हुर्मत लिने काम भयो भने राजनीतिक भ्याकुम सिर्जना हुनेतर्फ पनि सचेत गराए उनले आफूहरुले छिमेकीहरुसँग राम्रो सम्बन्ध होस भन्ने चाहेको सुनाए ।तर, नेपालमा   विदे’शीहरुको  अना’वश्यक  चल’खेल  नस’हने पनि उनको भनाई थियो । उनले आफूहरुले  यो  गठबन्धन बनाउँदासम्म धेरै अप्ठ्याराहरु सामना गरेको पनि सुनाए ।

उनले बहालावाला प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीको लागि जेपनि  गर्न तयार  भएको  सुनाए ।  उनले  आफूहरु राष्ट्र,   जनता,  संविधान,  लोकतन्त्रको  हितमा अघि बढ्ने जनाए । पछिल्लो समय राष्ट्रिय राजनीतिको   केन्द्रमा रहेर बिशेष गरी सरकार ढाल्न र बनाउन माहिर  रहेका  प्रचण्ड एक चातुर्य छवि बनाएका नेता हुन्।उनले आजसम्म बने का सरकार समीकरणमा मूख्य भूमिकामा रहेर काम गर्दै आइरहेका छन्।

संसदीय खेलका खप्पिस खेलाडी मानिने पूरानो शक्ति कांग्रेसलाई समेत चेत खुवाउने हिसाबले उनी संसदीय खेल खेल्ने गर्दछन्।केपी ओलीको व्यक्तित्त्वलाई कतिपय राजनीतिक विश्लेषकहरूले उनलाई चुनावी प्रचार प्रसारका क्रममा जनमत आफूतिर आकर्षित गर्नको लागि विपक्षीलाई तीतो व्यङ्ग्य गर्ने नेताका रुपमा चित्रीत गरेका छन्।

यता प्रचण्ड भने द्वेध चरीत्र भएका र सत्ता स्वार्थका लागि जुनसुकै शक्तिसँग पनि चाँडै नै ठीक भैहाल्ने र मिल्न सक्ने चरीत्र भएका नेताको रुपमा चिनिन्छन्।अहिलेसम्म बनेका सरकारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफूले नै सनर्थन या विरोध गरेका आधारमा प्रधानमन्त्रीहरू बन्दै आइरहेको दृष्टान्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News