झापा । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज को’रो’ना’बाट नि’धन भएको छ ।मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार को’रो’ना स’ङ्क्र’मण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पि टल भर्ना गरिएको थियो ।’

‘भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको नि’धन भएको बी एन्ड सी हस्पि टलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनु भयो ।’

‘उहाँको पत्नी राधा थापासमेत को’रो’ना स’ङ्क्र’मण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुनछ। उहाँकाका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन लिम्बूले बताउनुभायो।

विसं २०६२\६३ को ज’नआ’न्दो’लन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा ला’गू भएको हो ।

यसलाई नेपालको सं’विधान २०७२ मा राखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News