झापाको   हल्दीबारी  स्थित  एकजना  ब्राह्मण  समुदायका युवा बलराम  कट्टेलले  दलित समुदायकी  एकजना तुलशा लोहार भन्ने केटी गत श्रावणमा बिहे गरेर घरमा ल्याउँछन् र घरमा उनलाई दलित समुदायकि युवती भनेर १० दिन पछि घर बाट बलरामको आफ्नै सानो बुबाले बस्न  हुँदैन   भनेर निकलिएकी छिन्। त्यसपछि उनका श्रीमान बलराम कट्टेल उनीसँग सम्पर्कबिहीन भएका छन् र आजसम्म पनि उनको सम्पर्कमा आएका छैनन्।

परीवारले   नस्वीकारेको   र   सानाबुबाले  कामीको   छोरी भित्र्याउन दिन्नौ   भनेर खेदाइदिएको भन्दै उनी बाहिर उनी श्रीमानसँग बाहिर बस्न थालेकी थिइन् तर  पेटको  बच्चा ८ महिना भएपछि  उनी फेरि  उनको  श्रीमान  छोडेर   फरार भए।  यस  बिषयमा  सत्यतथ्य बुझ्न भनी श्रीमान बलराम कट्टेलको घरमा गएर आमासँग र छिमेकी सहित अन्तर्वार्ता लिइयो।आमा भन्छिन्,मलाई पहिला  गिरिको  छोरी   भनेर ढाँटेकी   छे,तर  पछि  बुझ्दा  अजातकी रहिछे।म अब कुनै पनि हालतमा घरमा भित्र्याउन  सक्दिन। यहाँ  घरमा  राम्रो सँग सुत्ने ठाउँ समेत छैन।

जब बच्चा आठ  महिनाको गर्भना भयो र उसले अब अन्तै गएर कोठा लिएर बस्ने भन्यो।छोरा  र श्रीमतीलाई लगाउने कपडा समेत नकिन्दिइकन उसले  छोडेर  गयो  भन्दै  उनी बिलौना गर्दछिन्।उनले कोठा भाडा,उधारो  खाएको  समेत नतिरेकोले उनको आफ्नो आमाबुबाले आएर तिरिदिनु भए को थियो।तर उ सले आफूसँग भएको मोबाइल,पैसा समेत सकेको उनले आरोप  लगाएकी  छिन्।   उनको  श्रीमानले सुरुङ्गामा भएकी  आफ्नो  दिदी  बुत्नुभएको  भनेर  उनकी श्रीमतीलाई भनेको पनि झु’ठ बोलेको रहेछ।

अहिले छोरो जन्मेको १ महिनाको भयो तर उनको श्रीमान लाई यो कुरा थाहा छैन।अहिले छोराको जन्म दर्ता गर्नुपर्ने छ तर बुबाको टुङ्गो छैन,उनी भन्छिन्,जसरी भए पनि मैले र छोराले न्याय पाउनुपर्‍यो,हाम्रो बिचल्ली हुनुभएन।उनलाई घरबाट कामीको छोरी किन ल्याइस् पानी नचक्ने जात भनेर श्रीमानको सानाबुबाले निकालिदिएको उनले आरोप लगाएकी छिन्।घरबाट निकालिदिएपछि सात महिना उनीहरू सँगै बसे र फागुन २३ गते उ त्यहाँबाट उसको आठ महिनाको गर्भ छोडेर हिँडेको थियो।

उनी एउटा दोकानमा काम गर्दथिन् र उसँग सामान्य बोलचाल पछि नम्बर माग्यो र त्यसपछि बिस्तारै बोल्दै जाने क्रममा उनीहरू बीच प्रेम भयो र बिबाह भगाएर गरे।केटाले पहिले बिहे गरेको रहेछ तर गरेकै छैन भएर ढाँटेको रहेछ,किन भने उसको घरमा एउटा छोरा पनि रहेछ तर उनले घर पुगेपछि अरुले भनिदिएको आधारमा मात्रै थाहा पाएकी थिइन्।

उ जाँडरक्सी खाएर आउने गर्दथे र बेलुका घर आउँदा आफू काम गरेर आएको भनेर उनकी श्रीमतीलाई ढाँट्ने गर्दा रहेछन्।उनी अहिले भन्छिन्,अब मलाई बे’पत्ता पार्न पाइँदैन जसरी भएपनि मलाई र उसको छोरालाई अंश दिनुपर्छ।आफू अन्यायमा परेको र कानूनले जसरी न्याय दिन्छ आफू तयार रहेको उनले बताएकी छिन्।कृपया यसै बिषयमा उनीसँग गरिएको कुराकानी हेर्नको लागि तल दिइएको भिडियो सामाग्री हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट अरिदिनुहोला,धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News