काठमाडौं। अभिनेता पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’का  अभियन्ताहरुलाई  चाँडो  भन्दा चाँडो रिहाइको माग  गरेका  छन् । पल शाहले  सोसल  मिडिया   फेसबुक मार्फत् पक्राउ परेका हाम्रो टिम नेपालका हाम्रो टिम नेपाल का अभियन्ताहरुलाई चाँडो भन्दा चाँडो रिहा गर्न पल शाह को माग

 

विमल पन्तलगायत का  अभियन्ताहरुलाई  यथाशीघ्र  रिहा गर्न माग गरेका हुन् । सोमबार काठमाडौंं महानगरपालिका ले ‘हाम्रो टिम  नेपाल’ले  प्र’योग  गर्दै  आएको  अनामनगर स्थित सरकारी जग्गा  खाली  गराउने  क्रममा  विमल  पन्त लगायत अभियन्ताहरु पक्राउ परेका हुन् ।’

पल शाहले लेखेका छन्, ‘कोरोना माहामारी को बेला निःशूल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भूकम्प, बाढी, पहिरो जादा रातदिन नभनि देश भर…

सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’माथि आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरु लाई चाडो भन्दा चाडो रिहाई गरियोस !’

अनामनगरको युनियन हाउससँगै रहेको सर कारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ ।’

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपाल बीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News