प्रधानमन्त्री  केपी  शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा  गर्ने  दुई  स्वास्थ्यकर्मीलाई  २०७७ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन् । जननेता  मदनकुमार   भण्डारीको  ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित !

जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषय क विचार  गोष्ठी  तथा  पुरस्कार  हस्तान्तरण   कार्यक्रममा प्रधानमन्त्री ओलीले ती पुरस्कार प्रदान गरेका हुन्  कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता  सहकारी र  नेपाल  एम्बु  लेन्स सर्भिस काठमाडौँमा कार्यरत  एम्बुलेन्स  चालक  बम बहादुर गुरुङलाई जनही रु एक लाख राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

कोभिड– १९ को  महामारीमा  आफ्नो  ज्यान  जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा  गरेका  उनीहरुको  योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएकोे  फाउण्डे शनका सचिव पेम्बा लामाले बताए ।

सो पुरस्कार चयनका लागि मानवअधिकारवादी सुशील प्याकुरेलका संयोजकत्वमा चयन समिति गठन गरिएको थियो । समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेसन’, प्राडा सुबोध शर्मालाई प्रदान गरिएको थियो ।

यसैगरी जन्मजयन्तीका अवसरमा ‘नेपालको संविधान र जननेता भण्डारी’ विषयमा आयोजित राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कृत गरियो । पुरस्कृत हुनेमा कास्कीका दुर्गा पौडेल (प्रथम), दोलखाका प्रकाश पकुवाल (द्वितीय) र दार्चुलाका वसन्तसिंह ठगुन्ना (तृतीय) रहेका छन् । उनीहरुलाई क्रमशः रु १५, १० र पाँच हजार राशिको पुरस्कार दिइयो । पुरस्कार छनोटका लागि स्रष्टा अनिल पौडेलका संयोजकत्वमा समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News