कोपा अमेरिकामा लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ। मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ४-१ गोलको जित निकालेको हो।

खेलको छैठौं मिनेटमा गोमेजको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लियो। उनलाई गोल गर्न मेसीले पास दिए। मेसीले त्यसपछि दुई गोल गरे। उनले खेलको ३३ मिनेटमा पेनाल्टीमार्फत् र ४२ मिनेटमा अर्को गरी दुई गोल गरेका हुन्।

६० मिनेटमा बोलिभियाका साभेन्द्रले गोल फर्काए।

६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गरेका थिए।

#CopaAmérica 🏆

Estas fueron las acciones más destacadas del primer tiempo entre Bolivia y Argentina

🇧🇴 Bolivia 🆚 Argentina 🇦🇷#VibraElContinente #VibraOContinente pic.twitter.com/JwD9FfMcvY

— Copa América (@CopaAmerica) June 29, 2021

यसअघि नै अन्तिम आठमा पुगेको अर्जेन्टिना चार खेल बाट १० अंक जोडेर समूह विजेता बन्यो। अर्जेन्टिनाले एक खेलमा बराबरी खेल्दा तीन खेलमा जित निकाल्यो।

समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे। बोलिभियामा भने सबै चार खेलमा हार व्यहोर्दै बाहिरियो। सेतोपाटी!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News