“अहिलेका युवा युवती हरु सामाजिक सञ्जालमा धेरै समय बिताउने गर्छन् । कसैले यसको राम्रो सदुपयोग गर्छन् त कसैले समय कटाउने माध्यम मात्र बनाउँछन् । सामाजिक सञ्जाल आफ्ना कला, प्रस्तुति र लेख रचना हरु प्रस्तुत गर्ने राम्रो माध्यम हो ।”“सामाजिक सञ्जालको भीडमा

पछिल्लो समय टिक टक निकै लोकप्रिय बन्न पुगेको छ । कलाकार ,पत्रकार, कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी लगायत सम्पूर्ण वर्गका मानिस का लागि आफ्नो कला र मनोरञ्जन लिने दिने राम्रो प्ल्याफर्म बनेको छ टिक टक ।“०बढीमा एक मिनेट सम्म भिडियो गर्न पाइने टिक टक

मा नेपाली हरु पनि निकै लोभिएका छन् । त्यस्तै मा सुरक्षा कर्मीले पनि एकछिनलाई थकान तनाव बिर्सिएर टिक टक मा रमाउने गरेको देखिन्छ ।“नेपाली च्यानल नामको युटुबमा रहेको उक्त भिडियोमा १ लाख २३ हजार लाईक १३ सय कमेन्ट रहेका छन् । रोल्पा बक्सियोस् रुकुम बक्सियोस् बोलको गीतमा अभिनय देख्न सकिन्छ ।”

यो पनि काठमाडौं, १६ असार । मनकामना स्मार्ट लघुवित्त बित्तीय संस्थाले असार १७ (भोली) देखि ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

संस्थाले आईपीओ असार २१ गतेदेखि ढिलोमा असार ३१ गतेसम्म बिक्रि गर्ने जनाएको छ । कुल कित्तामध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाएको छ भने बाँकी भएको ३ लाख ६३ हजार ४९२ कित्ता संस्थाले सार्वजनिक निष्का सनमा ल्याउने जनाएको छ ।

आईपीओ खरिदको लागि न्युनतम १० कित्तादेखि अधि कतम १ हजार कित्तासम्म आवेदन दिन सकिने संस्थाले व्यवस्था गरेको छ । संस्थाको ८ करोड २२ लाख ५० हजार हाल चुक्तापुँजी रहेको छ ।यो पनि रोल्पा, १४ असार: रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।

गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ । “सामाजिक सुरक्षा

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो”, वडाध्यक्ष क्षेत्रीले भने, “कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि वडालाई उपलव्ध गराएको रु ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो । वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ । त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असाहयका लागि निःशुल्क स्वास्थ्य बीमाको

कार्यक्रम समेत अघि सारेको छ । गाउँपालिका भित्र वसोवास गर्ने दुई सय सात दलित, अपाङ्ग र असाहाय हरुका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि रु एक

लाख ३० हजार तथा दलित, अपाङ्ग र असाहयकोनिशुल्क स्वास्थ्य बीमाका लागि रु सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।त्यस्तै वडाले शिक्षा र स्वास्थ्यलाई गरिब विपन्न वर्गको पहुँचसम्म पु¥याउन यस्तो कार्यक्रम ल्याइएको हो । यसअघि शिक्षामा सवै बालबालिकाको

पहुँच पु¥याउन तथा पठन संस्कृतिको विकास गर्नविद्यार्थी को घरघरमा शिक्षण सिकाइ कुना स्थापना गरेको थियो । गरिबलाई विद्युत्मा सहज पहुँच पु¥याउन निःशुल्क उज्या लो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालय ले जनाएको छ । प्रतिमहिना २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News