बलिउड अभिनेता रणवीर सिंहलाई उनको स्टाइलका लागि चिनिन्छ । रणबीर सिंहले हालै एउटा फोटोसुट गराएका छन् जुन देखेपछि प्रशंसक र सोसल मिडिया प्रयोगकर्ताबीच राम्रै चर्चा सुरु भएको छ ।यो फोटोसुटमा रणबीर सिंह गुची ब्रान्डको ट्र्याक सुट लगाइरहेको देखिएका छन् ।

यो निलो रङको ट्र्याक सुटमा रणबीर सिंह निकै भिन्न देखिएका छन् । यस्तै कति मानिसहरुले उनको तुलना हलिउड अभिनेता जेरेड लेटोसँग पनि गरिरहेका छन् ।रणवीर सिंहले लगाएको यो ट्र्याकको मूल्य कति होला भनेर धेरैले सोचिरहेका होलान् तर रणवीरको गेटअप हेरेर जति तपाईंको होस् उडेको छ यसको मूल्य सुन्दा तपाईंको दोब्बर होस् उड्नेछ ।

गुचीको वेबसाइटका अनुसार रणवीर सिंहको जगिङ पाइन्टको मूल्य १,९८० डलर अर्थात्, २ लाख ३६ हजार रुपैयाँ हो । यस्तै उनको साइनी जर्सी स्वेटशर्टको मूल्य १६५० डलर अर्थात् १ लाख ९६ हजार रुपैयाँ हो ।

यो दुईवटा गरी यो ट्र्याक सुटको कूल मूल्य ४ लाख रुपैयाँ बढी हो । रणवीर सिंहको स्टाइल जति युनिक छ, त्यति नै महँगो पनि छ । यो ट्र्याक सुटमा रणवीर सिंहको तस्बिर अत्यधिक भाइरल भइरहेको छ ।

ट्र्याक सुटबाहेक रणबीर सिंहले फेडोरा क्याप लगाएको देखिएका थिए । यो क्यापको मूल्यको कुरा गर्ने हो भने यो ५३० डलरको हो । नेपालीहरुले यो क्याप किन्न चाहेको खण्डमा यो ६३ हजार बढी पर्छ ।रणवीर सिंहको यो स्टाइल उनका थुप्रै प्रशंसकलाई मन परिरहेको छ ।

यद्यपि, उनी सोसल मिडियामा ट्रोल पनि भएका छन् । यसबाहेक उनीमाथि निकै रोचक मीम्स पनि बनेका छन् । रणवीर सिंह आफ्नो आलोचना पनि निकै सकारात्मक तरिकाले लिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News