राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामा सहित धादिङका ५  सय  ७८  नेता  कार्यकर्ताहरु   नेपाली काँग्रेस  प्र’वेश  गरेक  छन्। बिहीबार सभापति  शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परि’त्या’ग गरीलामा सहितका नेता तथा कार्यकर्ता  काँग्रेस  प्रवेश  गरेका  हुन् ।काँग्रेस  प्रवेश  गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष

सानुराम घले, जिल्ला कार्यसमिति  सदस्य  तथा  धुनीबेंसी नगर  प्रमुखका  प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य  उम्मेदवार मनि ता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी, क्षेत्री य सदस्य प्रबिण  तामाङ,   क्षेत्रीय  सदस्य  धर्म   खतिवडा सहित

धादिङका ५ सय ७८ जना नेता तथा कार्यकर्ता रहेका छन् बुढानिलकण्ठ आएर आज ४१ जना काँग्रेस प्रवेश गरे पनि अन्य नेता तथा कार्यकर्तालाई धादिङमा नै कार्यक्रमसहित औपचारिक रुपमा पार्टी प्रवेश गर्ने रुपाखेतीले बताए ।

पार्टी प्रवेश  कार्यक्रममा  काँग्रेस  सहमहामन्त्रीद्वय  प्रकाश शरण महत र सुनिल थापा पनि उपस्थित थिए । नवप्रवेशी लाई सभापति देउवा, सहमहान्त्री महत  र थापाले  स्वागत गरेका थिए।

यो पनि: प्रधानमन्त्री केपी शर्मा  ओलीले  सरकारका  ऐति हासिक कामका  का’रण नेकपा एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गएको बताउनु भएको छ । बुधवार बालुवा टारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढङ्गले विकास निर्माणको गतिलाई अघि बढाएका कारण नागरिकमा लोकप्रिय हुँदै गएको बताउनुभएको हो ।

उहाँले  भन्नुभयो,  ‘योजनाबद्ध  दृष्टिकोणसहितको विकास को तीव्र आकाङ्क्षा   र  त्यस  आकाङ्क्षालाई  व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र त्यसअनुसारकाे क्रियाकला पले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’

बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्वर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्र देशहरूकाे सम्बन्धमा कतै असमझदारी पैदा भइ हाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्त्वका आधारमा पारस्परिक लाभ र

पारस्परिक सम्मानका आधा रमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौँ । इतिहासमा पहिले कहिलेकाहीँ नभएका ठूला–ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्दा ढङ्गले प्रकट हुँदै आएको टिप्पणी उहाँले गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरू अनि पार्टी नेतृत्वको ध’ज्जी उडाउने,

गाली बेइ’ज्जती र अप’मान गर्ने, सरकारले गरेका राम्रा उपलब्धिको चर्चा नगर्ने लगायतका थुप्रै प्रयास चलिरहे । प्रचारात्मक ढङ्गले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुखी छन् र निराश छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News