काठमाडौं, १८ असार । नेकपा (एमाले) भित्रको आन्त रिक विवाद समाधानभन्दापनि विवादतर्फ उन्मुख भएको छ ।आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवाको पक्ष मा हस्ताक्षर गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएका छन् ।

तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिसकेको छ । नेपाल पक्षधर नेताहरुले बरु राजनीतिबाट सन्यास लिने र आत्महत्या गर्ने तर देउवाको पक्षमा गरेको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने प्रतिक्रिया दिएका छन् ।आजको बैठकमा उपाध्यक्ष वाम देव गौतम सहभागी भएका छन् ।

उनले आफू एकताको पक्षमा पनि उभिँदै आएको बताए का छन् । तर, एकताको लागि सबै नेता गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । नेता गौतमले माधव नेपालसहितको एकताको लागि प्रयास गर्नुपर्ने पनि धारणा राखेका थिए ।अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किएपछि नेपाल पक्ष

दबाबमा परेको छ । नेपाल पक्षधर युवा नेताहरुले यो बीचमा एकताको लागि ठोस सहमति गर्ने प्रयाससमेत गरेका थिए । तर, हिजो बसेको नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । आजको बैठकमा नेपाल

पक्षधर कोही पनि सदस्य सहभागी छैनन् । बैठक सुरु हुनुभन्दा अघि नेपाल पक्षधर केही नेताहरु भने ओलीसँग छलफलको लागि बालुवाटार पुगेका थिए ।एमालेनिकट विश्वस्त सुत्रका अनुसार पछिल्लो समय नेपाल पक्षका युवा नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश कुमार

भट्टराई, भीम आचार्य र गोकर्ण विष्टमध्ये घनश्याममात्रै नेपालको पक्षमा छन् । बाँकी चार नेता पछिल्लो समय ओली क्याम्पमा जाने तयारीमा छन् । रिपोटर्स नेपाल बाट यो समचारको विषयमा केहि जिज्ञाशा भए प्रतिक्रिया दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News