१८ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ स्याउ ली बस्तीमा १७  वर्षीया किशोरीलाई  मास  हि’स्टोरियाको जस्तै  लक्षण  देखियो  ।  उनी अचानक चि’च्याउने, बेहोस हुने, उफ्रने, रुने, हाँस्ने गरिरहेकी थिइन् तामाङ समुदायका उनीहरुले किशोरीलाई  लामालाई  देखाए ।  मकवानपुरको हेटौंडा लगेर धामी-झाँक्री लगाए ।

निको भएजस्तो भएपछि घर ल्याए ।  घरमा  उनका  साथी हरु  भेट्न  आए ।  भेट्न आएका साथीहरुमा  पनि  उनमा जस्तै समस्या देखिन थाल्यो । गाउँमा  अहिले  मास हि’स्टो रियाको जस्तै ल’क्षण देखिएका बि’रामी सात जना  पुगिस केका छन् ८-९ देखि १७-१८ वर्षका किशोरीहरुमा समस्या देखिएको छ

स्थानीय  लालबहादुर   श्रेष्ठका  अनुसार  उपचारका  लागि अ’स्पताल लैजान आ’ग्रह गर्दा परिवारका स’दस्य मानिरहे का छैनन् ‘दुई महिना अघि एक किशोरीलाई  मास  हि’स्टो रिया देखिएकोमा अहिले सात  जनामा  समस्या  देखिसके को रहेछ । कुनैबेला  ठीक  हुन्छ,  फेरि  अचानक  ढल्छन्, चिच्याउँछन्,  रुन्छन्, हाँस्छन्,’ उनले भने, ‘लामा झाँक्रीमा वि’श्वास गरेर  उनीहरुलाई  देखाइरहेका  रहेका  छन् ।  मेरै गाडीमा वीरगञ्ज अस्पताल लैजाउँ भन्दा मानिरहेका छैनन् ।’

गाउँका केही सचेत व्यक्तिले समस्याका बारेमा जिल्ला स्वास्थ्य का’र्यालय पर्सामा जानकारी गराएका छन् । तर स्वास्थ्य का’र्यालय पर्साका निमित्त प्र’मुख नवलकिशोर साहले पालिकाको स्वास्थ्य शाखामार्फत पत्र आएमा मात्रै केही सहयोग गर्न सक्ने बताए ।

‘स्थानीयको भनाइ अनुसार किशोरीहरुमा ‘मास हि’स्टोरिया’को समस्या हुन सक्ने देखिन्छ । हामीसँग स्रो’तसाधन छैन, स’मन्वयको पाटो मात्रै हाम्रो हो,’ उनले भने, ‘पालिकाको स्वास्थ्य शाखाले समस्याबारे जानकारी सहितको पत्र पठाउँछन् भने नारायणी अस्पतालसँग समन्वय गरेर चिकित्सक पठाउन सकिन्छ ।’

मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायी रूपले वि’कृति उत्पन्न भएर स’म्वेदनात्मक क्षेत्रबाट प्र’त्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्र’भाव पर्न गई मानिस असन्तुलित हुने वा अ’त्याधिक समवेदना उत्पन हुने रोगलाई मास हि’स्टेरिया भनिन्छ । हि’स्टेरिया मनोवैज्ञानिक अवस्था हो । इन्फेक्सनमा ज्वरो आउनु जस्तै हि’ष्टेरिया मनोवैज्ञानिक प्र’तिरक्षा भएको चिकित्सकहरु बताउँछन् ।

कुनै दु’र्घटना, बालिकामा यौ’नशोषण, हिं’सात्मक घ’टना देखे भोगेका बालिका, किशोरीहरुलाई अभिभावक वा अन्य आफन्त साथीभाइबाट उचित प’रामर्श नपाउँदा यो रोग लाग्ने सम्भावना बढी हुने उनीहरुको भनाइ छ ।

कुरीति, अशिक्षा, चेतनाको कमी, उचित परामर्शको पहुँच जस्ता कुराले हि’स्टेरियाको उपचारमा ढिलाइ हुने गरेको मानसिक रोग वि’शेषज्ञ डा. भरतकुमार गोइतले बताए । स्याउली बस्तीमा देखिएको समस्याको लक्षणका आधारमा ‘मास हिस्टोरिया’ नै हो भन्न सकिने उनको भनाइ छ ।

मास हिस्टोरियाको समस्या विपन्न समुदायका बालिका वा किशोरीमा बढी देखिने गरेको बताउँदै उनले धामी झाँक्रीको भरमा नपरी मानसिक रोग वि’शेषज्ञ चिकित्सकको सल्लाहमा उ’पचार गराउन आ’ग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News