१९ असार,  विराटनगर ।  ‘थुइक्क  मेरो ४० वर्षे सेवा, मेरो देशको  नीति,  विधि   र प्रविधि, निजामती  सेवा, मेरो नेता कर्मचारी र म ।’४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव   प्रेमप्रसाद   सञ्जेलले   सामाजिक सञ्जालमा व्यक्त  गरेको आ’क्रोश  हो यो । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए ।

तर  सुधारको  प्रयत्न  गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।राज्य संयन्त्रलाई  खुला चुनौती दिएका सञ्जेल सेवा अवधीको उतरार्धमा निकै चर्चामा रहे । श्रम कार्यालय विराटनगरमा  हाजिर भएलगतै सरुवा भएका उनले प्रधान मन्त्री केपी शर्मा ओलीलाई लल्कारेर चुनौती दिए । राजनी तिक  पहुँचका   आधारमा  हाजिर  भएको   तीन महिनामै सरुवामा

परेपछि  सर्वाेच्च  अदालतबा ट मुद्दा जितेर काममा फर्किए मंगलबार सोही कार्यालयबाट अवकास लिएका छन् ।राज्य संयन्त्र  र  नेतृत्वको  खुलेर वि’रोध  गर्दा  भ्रष्टाचार वि’रोधी अभियन्ताको  पहिचान ब नाएका सञ्जेल  निडर  र हक्की स्वभावका  थिए  ।अवकासपछिको  जीवनमा  के गर्ने भन्ने उनले सोच  बनाइसकेका  छैनन् । उनी भन्छन्, ‘म जापान को भिजिटिङ प्रोफेसर पनि हो, उता जान पनि सक्छु ।’

२०३९   साल  फागु न ३  गते  खरिदार हुँदै निजामती सेवा प्रवेश गरेका  सन्जेल  २०४६  साल असार  २७  गते नायब सुब्बमा  बढुवा  भए  २०५४  साल कात्तिक १२ गते शाखा अधिकृ त भएका  सञ्जेल   २०६६  साल कात्तिक २९ गते उपसचिवमा   बढुवा  भए । त्यसपछि  भने   सहसचिवको बढुवा  प्रकृयामा  सहभागी  भएनन्  । उनी भन्छन्, ‘बढुवा प्रकृया  बहिस्कार  गर्ने  नेपालकै  पहिलो  उपसचिव  मै  हुँ जस्तो लाग्छ ।’

कर्मचारीतन्त्र भित्र देखिएको भ्रष्टीकरणका कारण सहसचि वको  बढुवा  प्रकृयामा  सहभागी  नभएको  उनको तर्क छ ४० वर्ष ४ महिना  ६ निजाम ती सेवामा बिताएका सञ्जेल को बुझाइमा कर्मचारी  तन्त्रमा  देखिएको भ्रष्टीकरणले देश बिग्रिएको छ । ‘हामीले हाम्रो देशमा गफ भन्दा बाहेक केही पनि गरेनौं, त्यसमा म पनि परें,’ उनले भने, ‘मैले आफ्नो

तर्फबाट  भिडें , तर केही पनि गर्न सकिनँ, हामीले गफ गर्न जान्यौं काम गर्न जानेनौं ।’४० वर्र्षे सेवा अवधीमा सञ्जेल राजतन्त्र  र  गणतन्त्र  दुवै  व्यवस्था कार्यान्यवन गर्ने तहमा बसेर काम गरे । आफ्नो सेवा अवधीमा राजादेखि राष्ट्रपति सम्मलाई गाली गर्न  सकेको उनी बताउँछन् । ‘सेवा अवधी मा गलत काम  गर्दा  राजादेखि  राष्ट्रपति र प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा गाली गरें’ उनले भने, ‘

तत्कालीन  राजा  विरेन्द्रकी  आमा  रत्ना  राज्यलक्ष्मी बाल संगठनको  अध्यक्ष  हुँदा  वि’रोध   गरें , त्यसबेला   सेनाले कुट्यो, राष्ट्रपति,  प्रधानमन्त्रीलाई गाली गर्न डराइन्न ।निजा मती सेवामा  रहँदा भ्रष्टाचार  वि’रुद्ध अभियान चलाए पनि सुधार नआएको  उनले बताए । तर आफू जहाँ बस्यो त्यहाँ भ्र’ष्टाचार हुन नदिएको उनको दाबी छ ।

‘भ्र’ष्टाचार गर्ने धेरैको जागिर खाइदिएँ,’ उनी भन्छन्, ‘सेवा अवधी मा जुन  अफिसमा   बसें त्यहाँ  भ्रष्टाचार  हुन दिइनँ प्रेम  सञ्जेलले  घुस  खाएको  परको  कुरा माग्यो भने कुन हातले माग्यो,  त्यही हात  काटेर  दिन्छु भ नेको  छु,’ उनले थपे, ‘दुई  वर्ष  मोटामोटी  श्रम  कार्यालयमा  काम गर्दा १९ जनाको जागिर खाइदिएँ । सुधार त्यसै हुँदैन नी ।’

सञ्जेलले तत्कालीन शान्ति मन्त्रालयमा करिब ६ वर्ष काम गरे । ६ वर्षे अवधीमा  ६ जना  प्रधानमन्त्री,  १३ मन्त्री र ६ जना सचिवसँग काम गरे । सेवा अवधीमा शान्ति मन्त्रालय लामो अवधी काम गरे ।२०६३/६४ मा उनी पशु सेवा विभा गमा कार्यरत  थिए  । अनुदानको  रकममा भ्रष्टाचार देखिए पछि  २३  जना  स्थायी  कर्मचारीलाई  जागिरबाट हटाए । लगत्तै  सरुवा    भयो । सर्वाेच्चमा  मुद्दा  हालेर  १९ महिना विभागमै रहे ।

जिल्ला स्वास्थ्य  कार्यालय  मोरङमा रहँदा पनि अनियमित ता  गर्ने  पाँच  जना  स्थायी क  र्मचारीलाई  कारवाही  गरी जागिरबा  ट हटाएको  उनले   बताए  ।निर्वाचन  कार्यालय मोरङमा   रहँदा  उनले  हाजिर  नगरी  तलब   बुझ्यो  भन्दै अख्तियारमा उजुरी पर्याे ।  अख्तियारमा उ जुरी  पर्दा उनी गलेनन् उल्टो  कारवाही गर्न चुनौती दिए । अनुसन्धान गर्दा तलब भुक्तानी कानुन अनुसार नै देखियो ।

सेवा  अवधीमा  कतिपटक  अदालत  गए भन्ने लेखाजोखा नभएको उ नले   बताए  ‘अदालत त कति पटक गएँ त्यस को रेकर्ड नै छैन’ उनले भने, ‘तीन महिना वैदेशिक रोजगार सम्बन्धीको  मुद्दा  हेर्दा ३ करोड १० लाख असुल गरेर एक सय १०  जनालाई  जेल  पठाएको छु, म विरुद्ध कति वटा मुद्दा परे हिसाब किताब गरेको छैन ।’

निजामती सेवामा  प्रवेश गरेकाहरुले अवकासको कागजप त्र  मिलाउन   केन्द्रीय  किताबखाना  काठमाडौं  नै पुग्नुपर्ने बाध्यता छ ।  अवकासको  प्रकृयाका नाममा वार्षिक राज्य स्रोतको  करोडौं  रकम  खर्च  हु ने उनले बताए ।निजामती सेवा प्रवेश गरेका कम्तीमा २ हजारले प्रत्येक वर्ष अवकास पाउँछन् । प्रहरी, सेना, शिक्षक, संघ संस्थान विश्वविद्यालय बाट अवकास पाउनेको संख्या सोही अनुसार छ,’

उनले भने, ‘ यी  निकायको  अवकास प्रकृया झन्झटिलो र धेरै  खर्चिलो  पनि  भयो । ’कार्यालयबाटै अवकासको सबै प्रकृया पूरा गर्न सकिने भएपनि  व्यक्ति काठमाडौं जानुपर्ने बाध्यताले  राज्यस्रोतको  खर्च  बढाएको   उनले   बताए । ‘व्यक्तिले अवकासको  प्रकृया  मिलाउन  काठमाडौं आउ–जाउ राज्य  स्रोतको  पैसाले  गर्छन् , मेरो  दिनको टीएडीए एक हजार ६ सय हुन्छ,’ उनले भने,

‘म जस्तै  स बै टीएडीए  लिएर काठमाडौं जान्छन्, वार्षिक कतिले  सिध्याउँछन्  अवकास  अघि  टीएडीएको   नाममा राज्य  स्रोतको  रकम ? ’प्रविधिको  प्रयोग  गरेर सम्बन्धित जिल्लाबाटै अवकासको प्रकृया पाउने  व्यवस्था  गरे सहज हुने उनले बताए । सुधारको थालनी गरौं भन्दा नसकिएको उनको गुनासो छ ।

‘वर्षमा  दश  हजार  जति रिटायर्ड हुन्छन्, राउण्ड फिगरमा काठमाडौं  आउ– जाउको  टीएडीए  मात्रै  एक जनाले ३० हजार  लिन्छन् ’ उनले  अघि  भने,  ‘पेन्सन पट्टाको प्रकृया रिटायर्ड  हुनुभन्दा  ६  महिना  अघि  सुरु   गरेर  काठमाडौं पुग्नुपर्नेन बाध्यता  अन्त्य  गरिनुपर्छ ।  तर ४० वर्ष भिड्दा सुधार  गर्न  सकिएन  , त्यस्तो  निजामती  सेवालाई  थुक्क नभनेर के भन्ने ?’

उनका   अनुसार  नेपालको  अवकास  प्रकृया  परम्परागत शैलीको  छ  । प्रविधिको  प्रयोग  गरेर  सहज बनाउन सके राज्य स्रोतको ठूलो खर्च जोगिन्छ ।‘रिटायर्डको प्रकृया पूरा गर्न  गाह्रो  छैन ।  निजामती  किताबखानाले खाली पेन्सन पट्टा पठाइदिने र  सम्बन्धित  अफिसले भर्ने, अफिसले गर्न नसक्ने  भए  कोष  तथा  लेखा  नियन्त्रकको  कार्यालयमा पठाइदिने ।

त्यहाँबाट  पेन्सन   पट्टा   पूरा  गरेर  पठाइदिने,’  उनले भने अहिले विदा  र औषधिको विवरण लिन किताबखाना पुग्नु पर्छ, त्यहाँबाट  पैसा लिन सम्बन्धित जिल्लाको कोलेनिका पुग्नुपर्छ ।  किताबखानाले   गर्ने  काम   कोष  तथा  लेखा नियन्त्रक   कार्यालयमा  दिंदा  हुन्छ नि,  कोलेनिका त सबै जिल्लामा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News