कतिपय  मानिसहरुको  जिन्दगी  सोच्न  नसक्ने  तरिकाले कायापलट हुन्छ ।यसरी सफलता पाउनुमा कतिको आफ्नै संघर्ष जोडिएको हुन्छ भने कतिपयलाई भाग्यले  साथ दिए को हुन्छ । यस्तै एक किशोरीको जीवन कायापलट भएको कथा हो रिटा गाभिओलाको  चार वर्षअघि सम्म पनि रिटा गाभिओला सडकमा माग्दै हिड्थिन ।

उनि १३ वर्षकी हुँदासम्म सडकमा  माग्दै  हिँड्थिन्  । तर विगत  चार  वर्षदेखि उनी  संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् ।  यसका साथै उनी एक चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । उनको इन्स्टाग्राममा लाखौ  फलोअर्स  पनि  छन्  । धेरैले  उनको तस्बिरहरु मन पराएका छन् । उनको यो सफलतामा एउटा तस्बिरकाको ठूलो भुमिका रहेको छ ।

जसले जिन्दगी कायापलट पारिदियो ।  रिटाको  यो रोचक कहानी  सन्  २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो परिवारको पेट पाल्न लुकबानस्थित  माग्दै  हिँड्थिन्  । उन का बुवा फोहोर टिप्ने काम गर्थे । भने आमा उनी लगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । त्यो समय सम्म उक्त घरको कोही पनि बच्चा स्कूल गएका थिएनन् ।

उनको परिवारलाई खान धौधौ थियो त्यसकारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्दै हिड्ने गर्थिन् । त्यति बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका फोटोग्राफर तोफरले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

सोही क्यामराको एउटा क्लिक अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो १३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । त्यसपछी उनको चर्चा संसारभर चुलियो । अहिले पनि उनको फोटो भिडियो सडकमा माग्दै हिडेको फोटो संग तुलना गर्दै भाईरल भैरहन्छ । अहिले उनको आफ्नै गाडी छ बङ्गला छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News