‘२१ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४औं महा धिवेशनमा कांग्रेस रूपान्तरणका लागि नयाँ प्रस्ताव ल्याउने बताएका छन् । कांग्रेस वैचारिक रूपमा सशक्त भए मात्रै देशमा लोकतन्त्र र संविधानको र’क्षा हुने भन्दै उनले नयाँ प्रस्ताव ल्याउने बताएका हुन् ।’

‘काठमाडौंमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता शाही ले भने, ‘कांग्रेसमा अहिले भावी नेतृत्व को चर्चा भइरहँदा नीतिबारे भने बहस शून्य छ । त्यसैले पार्टीभित्र वैचारिक बहसका लागि राज नीतिक प्रस्ताव ल्याउन लागेको हुँ ।’वैचारिक विमर्श गर्ने उपयुक्त थलो महाधिवेशन हुने भन्दै शाहीले पार्टीभित्रको गु’टबन्दी अन्त्यका लागि नयाँ प्रस्ताव ल्याउने लागेको बताए ।’

‘कांग्रेसको विचारलाई सशक्त बनाउने र त्यस’ लाई तल्लो तहसम्म पुर्‍याउनका लागि जागरण अभियान चलाउने, समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनै पनि हालतमा दोहोर्‍याउन नहुने,

‘पार्टीको आन्तरिक निर्वाच नमा पनि समावेशी बाट प्रति निधित्व गर्ने पदमा एकपटक भन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने लगायतका प्रस्ताव ल्याउने गरी तयारी भइ रहेको नेता शाहीको भनाइ छ ।’

‘तरूण दलका महासचिव र नेविसंघका पूर्व उपाध्यक्षसमेत रहेका शाही पार्टीको आगामी महाधिवेशनमा सहमहा  मन्त्रीका आकांक्षी हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News