
काठमाडौं, २० असार । धर्मको मुद्दा नै मुख्य हुने गरी राजनीतिक घटनाक्रम विकास हुँदै गएको छ । अबको राजनीतिक ध्रुवीकरण पनि यही मुद्दाको आधारमा हुने संकेतहरु देखिएका छन् ।२०७२ सालमा जारी संविधानमा हिन्दु राष्ट्र हटाएर धर्मनीरपेक्ष उल्लेख गरेपछि एकथरी
राजनीतिक शक्ति निकै असन्तुष्ट थिए । यो बाह्य शक्तिको दबाबमा थोपरिएको भन्दै पटक पटक हिन्दु राष्ट्रका पक्षधर ले सार्वजनिक रुपमा बोल्दै पनि आएका थिए ।हिन्दु राष्ट्र को मुद्दा उठाएर “कमल थापा नेतृत्वको राप्रपा’ले दोस्रो” संविधानसभामा समानुपातिकतर्फ २५ सिट जितेको थियो
तर,थापा नेतृत्वको तत्कालीन राप्रपा नेपाल ले संविधान सभा बाट संविधान जारी गर्दा फरक मतसहित समर्थन गरे यसले उनको ‘हिन्दुराष्ट्र’को मुद्दा उठानमाथि नै प्रश्न उठ्यो यद्यपि थापाले राजसंस्थासहितको हिन्दुराष्ट्रको मुद्दाउठाउँदै आएका छन् ।
संविधान जारी भएपछि नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा जोडतोडले उठ्यो । काँग्रेसभित्र खुमबहादुर खड्काले यसको नेतृत्व नै लिए । तर, भ्रष्टाचारको मुद्दामा जेल बसेर फर्किएका खड्काले मुद्दा उठाउँदा खासै प्रभावकारी हुन सकेन । उनको निधनपछि यो मुद्दालाई केन्द्रीय सदस्य
शंकर भण्डारीले खुलेरै उठाउँदै आएका छन् ।महामन्त्री डा.सशांक कोइरालाले धर्मको विषयमा विचार गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । यसबारे जनमतसंग्रहको विषय पनि उठाए । तर, उनी हिन्दुराष्ट्रको पक्षमा खुलेका भने छैनन् । कोइराला परिवारकै डा. शेखर कोइरालाले
पनि हिन्दुराष्ट्रको मुद्दाप्रति लचिलो धारणा व्यक्त गरेका थिए । पछिल्लो समय उनले धर्मबारे खासै बोल्न छाडेका छन् ।काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा खुलेरै उठाउने प्रभाव शाली नेतामा शंकर भण्डारी मात्र छन् । तर, पछिल्लो समय सभापति शेरबहादुर देउवाले हिन्दुत्वको मुद्दाप्रति
लचिलो भएको संकेतहरु दिन थालेका छन् । उनकी पत्नी डा. आरजु देउवाले सामाजिक सञ्जालमा यज्ञ र पूजा हरु का तस्बिर र भिडियो राख्न थालेकी छिन् । देउवासहितको यस्तो तस्बिर राखेर उनले हिन्दुत्वको मुद्दामा लचिलो बने को सन्देश दिइरहेकी छिन् ।राप्रपा हुँदै नेपाली काँग्रेसमा प्रवेश गरेको हिन्दु राष्ट्रको मुद्दा अहिले
कम्युनिस्ट पार्टीमा पनि फैलिइरहेको छ । र यसको’ संकेत सत्तारुढ नेकपा एमालेमा धर्मनीरपेक्षतामाथि बहस हुनुपर्ने भन्दै महेश बस्नेतले राखेको माग प्रस्ताव बाट देखिन्छ । एमालेभित्र हिन्दुत्वको मुद्दा”ले स्थान” बनाउँदै लगेको छ ।एमाले अध्यक्ष समेत रहेका प्रधान मन्त्री केपी शर्मा ओलीले
हिन्दुत्वलाई अँगिकार गर्दै गएको सन्देश दिइरहेका छन् । अयोध्यामा राम मन्दिर निर्माण देखि पशुपतिनाथमा जल हरी चढाउने सम्मको कदम आफैमा सन्देश हो । त्यस माथि ओलीले आध्यात्मिक प्रवचन नै भाषणमार्फत् दिने गरेका छन् ।
ओली एकातर्फ ऋषिमुनी नेपालमा जन्मिएको र राम पनि नेपालमै जन्मिएको भन्छन् अर्कोतर्फ हिन्दुत्वलाई जोडतोड का साथ उठाइरहेका छन् यसलाई हिन्दु राष्ट्रवादलाईओली ले ए”जेन्डा बनाउन लागेको आँकलन पनि गरिरहेका छन् जनता समाजवादी पार्टीभित्र पनि हिन्दुराष्ट्रको मुद्दाले बलि यो ठाउँ बनाइसकेको छ ।
“जसपाको महन्थ ठाकुर पक्षधरका नेताहरु गेरुवस्त्रमा देखिन थालेका छन् । महन्थ ठाकुर सार्वजनिक कार्य क्रममा गेरुवस्त्रमा देखिन्छन् । अनिल झा, राजकिशोर यादवलगायत नेताहरु पनि त्यस्तै सिका गर्न थालेका छन् । चन्दा चौधरीको शक्तिपीठको दर्शनको तस्बिर सामाजिक सञ्जालमा आइरहन्छ ।”
“जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधर भने धर्मनीरपेक्षकै पक्षमा छ । उपेन्द्र यादवले धर्मबारे खुलेर बोलेका छैनन् । भट्टराईले भने धर्मनीरपेक्षता जोगाउनु” पर्नेमा जोड दिदै आएका छन् ।रा’जनीतिक दलभित्र फैलि इरहेको धर्मको मुद्दाले अबको चुनावमा ठूलो असर पार्ने
देखिन्छ । हिन्दु राष्ट्र कि धर्मनीरपेक्ष भन्नेमा दलहरुभित्रै ध्रुवीकरण हुन थालेको छ । यसमा बाह्य शक्तिको पनि ठूलो चासो देखिदैछ ।यतिबेला भारतमा भारतीय जनता पार्टी सत्तारुढ छ । हिन्दुत्वलाई भाजपाले अंगिकार गरेको छ । नेपालमा पनि हिन्दुत्वको एजेन्डाले महत्व पाओस् भन्ने उसको चाहना प्रकट हुँदै गएको छ ।’
अर्कोतर्फ,नेपालमा धर्मनीरपेक्षता संविधानमा राख्न पश्चि माहरुले भूमिका खेलेको विषय उठ्दै आएको छ । यस लाई जोगाउन उनीहरुको भूमिका हुनसक्छ ।धर्मको मुद्दाले बाह्य शक्तिको भूमिका नेपालमा अझ बढ्न सक्ने देखिन्छ । त्यसै पनि आर्थिक र सुरक्षाको विषयमा भारत, चीन, अमेरिका र युरोपेली मुलुकहरुको चासो रहेकै छ । अब धर्मको मुद्दा जोडिएकाले नेपालमा बाह्य शक्तिको सक्रियता बढ्न थालेको छ ।रिपोटर्स नेपाल