२२ असार, काठमाडौं । नि’र्माणाधीन र नि’र्माण सकिएर सञ्चालनमा रहेका पुलहरु भाँचिने र बगाउने क्रम  उच्च दरमा बढेको छ । तर, यसको जिम्मेवारी लिन कोही पनि तयार छैनन्, बरु बाढी र खोलालाई नै  दोष दिएर पन्छिने क्रम चलिरहेको छ ।वैशाखयता १८ पुल भ’त्किए : खोला लाई दोष, सरकार-ठेकदार नि’र्दोष !

सवारी  चलिरहेका पुलको  सुरक्षामा  ग’म्भीर  नदेखिएको सरकार पछिल्लो सयममा पुल निर्माणका क्रममा हुने लाप रवाही र गुणस्तरहीन काममा पनि मुकदर्शक बनिरहेको छ । पुल भत्किँदा न  निर्माण  व्यवसायीले  आफ्नो  कमजोरी स्वीकारेका छन्, न सरकारले दोषी ठहर गरेर कारवाही गर्न कुनै कदम चालेको छ ।

गत चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो, भत्किए को भाग व्यवस्थापन गने क्रममा गत वैशाख १३ गते सोही पुलमा थप क्षति भयो र दुई श्रमिक त्रिशूलीमा बेपत्ता भए ।

पुल भत्किएको घटना छानबिन गर्न बनेको समितिले दिए को प्रतिवेदनलाई  सडक  विभागले  दराजमा  थन्क्यायो । जुन, प्रतिवेदनमा ठेकेदार कम्पनीको लापरवाहीपूर्ण तवर को कामको कारण दोहोर्‍याएर घटना भएको ठहर  गरिए को विभाग स्रोत बताउँछ ।

पुल निर्माणमा भइरहेको यस्तो लापरबाही र बनेका पुलको असुरक्षाका पक्षलाई बेलैमा सम्बोधन नगर्दा वैशाखयता मात्रै १८ वटा पुलहरु क्षतिग्रस्त भएका छन् । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालकाअनुसार १८ मध्ये १४ वटा सडक विभागसम्बद्ध पुल छन् भने ४ वटा प्रदेश, स्थानीय तह र अन्य विभागले बनाएका पुल हुन् । यि पुल भत्किँदा करिब १ अर्ब २५ करोड नोक्सान भएको छ ।

चितवनको ठिमुरामा २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्किँदा भएको बदमासीबारे सडक विभाग अहिलेसम्म मौन छ । न छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ, न विभागले दोषीमाथि कारबाही गरेको जानकारी गराएको छ ।

पुल भत्किने क्रम बढेपछि फेरि सरकारले कर्ममाण्ड पूरा गर्न विभागको पुल महाशाखा प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनाएको छ ।

दोषीलाई दण्डित गर्न चुकिरहेको सरकार पटक-पटक यस्ता घटना दोहोरिँरहदा पनि पुल भाँचिने, बग्ने र क्षति पुग्ने घटनाप्रति गम्भीर देखिएको छैन ।

बन्दाबन्दै पुलहरु खोलाले बगाउने क्रम पछिल्ला दुई वर्षमा अत्याधिक दरले बढेको छ । तर, सडक विभाग, स्थानीय पूर्वाधार विभाग, प्रदेश सरकार र स्थानीय तहरु यस्ता समस्या समाधानमा गम्भीर भएर लागेका छैनन् ।

धनुषा र सिराहा जोड्ने कमला नदीमाथि बनिरहेको करिब २५ करोड लागतको पुल निर्माण सुरु भएको १० वर्षपछि बल्ल-बल्ल बनेको थियो । अन्तिम चरणको काम गदर्नगर्दै गत आसर १७ गतेको सामान्य बाढीमा नै नै पुलको पिल्लर भासियो ।

त्यसको एक दिनपछि उदयपुरको चौदण्डीगढी नगरपालिका- ५ सिवाइस्थित त्रियुगा नदीको पक्की पुल भत्कियो । निर्माणको अन्तिम चरणमा पुगेको पुलको दुई स्पानमा क्षति पुग्यो ।

वर्षामा संवेदनशील काम

असार लागेयता नै यस्ता दर्जनभन्दा बढी घटना भएका छन् । अझै वर्षायामको लामो अवधि बाँकी नै रहेकाले कति निर्माणाधीन र बनिसकेका पुल बग्छन् भन्ने पत्तो छैन । निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिने, बग्ने घटना बर्सेनि बढ्दै गएका छन् । विज्ञहरु यस्ता घटनालाई पाठका रुपमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिन्छन् ।

पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय भएका घटनाबाट पाठ सिकेर काम गर्ने परिपाटी नबस्दा समस्या झांगिँदै गएको देख्छन् । उपाध्याय पुलहरु भत्किनुमा एकैखालका कारण नहुने बताउँछन् । पछिल्ला दिनमा बालुवा र माटो थुपारेर त्यसमाथि टेको राख्दै पुलको स्पान ढलान गरिएका कारण बढी जोखिम हुन थालेको उनको अनुभव छ ।

‘पुल ढलान गर्दा फर्माको लागि तलबाट माटो थुपारेर स्काफोल्डिङ गर्ने चलन छ’ उनी भन्छन्, ‘माटो र बालुवा जतिबेला पनि भासिन सक्छ, बाढी आएर जतिबेला पनि बनिरहेको पुल बगाउन सक्छ । अहिले बढी घटना यस्तै अवस्था हुँदैछ ।’ गत हप्ता मकवानपुरको समारी खोलामा बनिरहेको पुल पनि यस्तै अवस्थामा बगेको थियो ।

पुल बनिरहेका समयमा पर्याप्त अनुगमन नगर्ने र भत्किएपछि सबै दोष परामर्शदाता र ठेकेदारलाई लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ । ठेकेदारले दक्ष जनशक्ति नलगाउँदा पनि यस्तो समस्या दोहोरिने गरेको विज्ञहरु बताउँछन्

यो वर्ष विगतमा २७/२८ वर्षकै बढी वर्षा भएकाले पनि पुलहरुमा बढी क्षति भएको सिंह बताउाछन् । ‘नदीको बहाव प्रवृत्तिको अध्ययन नगरी हचुवाका भरमा पुल डिजाइन गर्ने कामले पनि समस्या थपेको छ,’ उनी भन्छन् ।

सडक विभागका अधिकारीहरु भने नेपालमा नयाँ प्रविधिका पुलहरु बन्न थालेकाले आवश्यक ज्ञान र सावधानी नपुग्दा बीचैमा बग्ने, भाँचिने, भासिने घटना बढेको बताउँछन् ।
‘पहिलेको आरसीसी पुलमा पिल्लरहरुबीचको दूरी २५ मिटर मात्रै हुन्थ्यो, अहिले पि्रस्ट्रेस प्रविधिमा ५५ मिटरसम्मको दूरी राखेर पुल बनाइन्छ’ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्, ‘ठेकेदारले डिजाइन र प्रविधिअनुसार सावधानीपूर्ण र वैज्ञानिक तवरले काम नगर्दा भत्कने समस्या बढेको हो । कतिपय अवस्थामा अनुगमनको पाटो पनि कमजोर भएको हुनसक्छ ।’

विभागले तनहुँको बनिरहेका पुल भाँचिएको घटनाबाट पाठ सिकेर काम गर्ने उनले बताए । उनले भने, ‘नयाँ प्रविधिको पुलको विषयमा विभागकै इन्जिनियर र निर्माण व्यवसायीहरुलाई तालिम पनि आवश्यक देखिएको छ ।’

हुलाकी सडक आयोजना निर्देशनालयका निर्देशक रोहित बिसुराल १०० वर्षका लागि बनाइएका पुलहरु पनि बनिनसक्दै भत्किनुले गुणस्तरमाथि प्रश्न उठिरहेको बताउँछन् । घटनाहरु छानविन गरेर दोषीलाई कारवाही गर्न विभाग तयार रहेको उनी बताउँछन् ।

‘वर्षौं लगाएर पुल बन्दा स्थानीयहरु कति खुसी भएका हुन्छन्, तर यस्ता घटनाले उनीहरुलाई आघात पुग्छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News