काठमाडौं ।नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर  रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित  नेता  मात्रै  भएका  बताएका छन् ।  सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर  नेकपा  एमालेका  अध्यक्ष  एवंम्  प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै  एमालेमा  प्रवेश  गरेका  नेता रायमाझीले  दाहालकै  कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्देआए को बताए ।

काठमाडौंमा  आयोजित  कार्यक्रममा नेता रायमाझीले ६९ सालमा  नाम मात्रको महाधिवेशन  गरिएको टिप्पणी गरे । उनले विगत ३३  वर्ष  देखि  विना  बिचार  तथा  विधि  र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा  नेतृत्वमा बसिरहेको  आ’रोप  लगाए  । उनले भने, ‘गएको चुनावमा नेकपा एमालेसंग   नमिलेको  हुन्थ्यो  भने   कतिऔँ  पार्टी हुन्थ्यो  त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ बर्ष  सम्म कुनै विचार,  कुनै  विधि  विना,  कुनै  प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ ।

अझै शान्ति  प्रक्रियामा आईसकेपछि पनि पार्टीलाई व्यभि चार किसिमले, व्यक्तिवादी  तरिकाले,  निरंकुश  तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हँुदै गयो । किन कमजोर भयो ?  विचारमा,   विधिमा  ध्यान  गएन । कार्यशैली  पनि  ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यसकारणले पार्टी तुईँदै तुईँदै गएपछि पार्टी कमजोर भयो ।

यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?’ माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उनले गरे ।

यो प्नि: सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा बाढी आएको २६ दिनपछि प्रभावित क्षेत्रमा पुगेका छन् । ओलीले हेलम्बु क्षेत्रमा पुगेर पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिकास्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घर परिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।

तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं’, ओलीले भने । असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा ओली शनिबार बाढीग्रस्त क्षेत्रमा छन् ।

प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने बताए । घाइतेको उपचार सरकारले गर्ने उनले बताए । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News