‘२६ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवार लाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भए   को छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो ।’

‘शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती परि वारलाई प्रति परि वार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वा धार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालि कामार्फत वितरण हुनेछ ।’

‘मन्त्री नेम्वाङले बाढी, डुवान र पहिरो प्रभावित का लागि सरकारले १५ सय बन्डल जस्तापाता पनि सहयोग गर्ने जानकारी दिए ।’

‘हेलिकप्टरमा गएका प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना, मेलम्ची नदीमा आएको बाढीले क्षति पु¥या एको क्षेत्र र पहिरोले मेलम्ची नदी थुनिएको क्षेत्रको अव लोकन गरेका थिए ।’

‘हेलिकप्टर हेलम्बुको गणेशबगरमा अवतरण भएपछि प्रधानमन्त्री ओलीसहितको सरकारी टोलीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News