‘२६ असार, काठमाडौं । गत वर्ष ल’कडाउन हुनुअघि सम्म निशा परियार घरेलु सहयोगीको रूपमा काम गरिरहे  की थिइन् । लकडाउनसँगै बे’रोजगार बनिन् । उनका श्रीमान् रो’हण भण्डारी गाडीमा सिमेन्ट लोड/अनलोडको काम गर्थे । लकडाउनकै कारण उनको पनि रोजगारी गुम्यो ।’

‘दैनिक कमाउँदै खाँदै गरिरहेका निशा दम्पती लाई लकडाउनमा निकै गा’ह्रो पर्‍यो । दुई बच्चा सहितको परिवारको अवस्था निकै क’ठिन भयो । निशाकी दिदीले गलैंचा कारखानामा जागीर लगाइदिने भनेर लगिन् । दुवै जना दिदीको पछि लागेर गए ।’

‘जोरपाटीस्थित माकलबारीको के.पी.कार्पेटमा दुवै जनालाई जागीर पनि लगाइदिइन् । दुवै दम्पतीले गलैंचा बुन्ने काम गर्न थाले । काम शुरू हुनुभन्दा अघि प्रतिव्यक्ति ७ हजार रुपैयाँ तलब दिने कुरा भएको थियो । खानेबस्ने व्यवस्था त्यहीं हुने श’र्त थियो ।

‘बिहान ४ बजेदेखि शुरू गरेपछि राति दश बजेसम्म निरन्तर काम । खाना दुई समय तर तरकारी थप्न पाइँ दैनथ्यो । कालो चिया एक पटक । काम गर्न थालेको हप्ता दिनपछि नै उनीहरुले आफूहरुमाथि शो’ष’ण भइरहेको मह’सूस गर्न थालेका थिए । तर, बेरोजगारीले भोकै बस्नु भन्दा ठीकै हो भनेर काम गर्न थाले ।

‘निशाले गलैंचा बुन्ने बाहेक संचालक रत्न लामा को घर  को काम पनि गरिदिनुपर्थ्यो । कारखाना भन्दा पर रहेको धाराबाट पानी ल्याउने, भाँडा माझ्ने, विस्तारा मिलाइदिने जस्ता काम पनि गरिदिन्थिन् । काम गरेको महीना दिनप छि तलब माग्दा दिएनन् । तलब नदिने भएपछि उनीहरुले साहुसँग जागीर छोड्ने बताए । जागीर छोड्ने भन्दा अब एक वर्ष कतै जान नपाउने, भागेर गए खोजी खोजी मा’र्ने ध’म्की दिए ।

‘निशा गर्भवती थिइन् । उनले आफ्नो अव’स्था बारे जानकारी दिएर केही खान मन लागेकाले पैसा दिन अ’नुरोध गर्दा पनि नदिएको गु’नासो गर्छिन् । ‘मलाई तिमीहरुको के मतलब मेरो काम हुनुपर्छ’ भन्ने गरेको निशाले बताइन् ।’

‘उठेदेखि काम मात्रै गरिरहनुपर्थ्यो । काम गरेर पनि खानामा भात थप्न पाइए पनि तरकारी, दाल थप्न पाइँ दैनथ्यो । काम मात्रै गर्नुपर्ने र खाना पनि भने जस्तो खान नपाएपछि निशा कमजोर हुँदै गइन् ।’

‘भन्छिन्, ‘भाग्न पनि मा’र्ने ड’र’ले आँट आउँदैनथ्यो । म   त त्यहीं म’र्छु होला जस्तो लाग्न थालेको थियो ।’ निशा दम्पती मात्रै त्यहीं बसेर काम गर्ने थिए । अरू दिउँसो काम गर्न मात्रै आउनेहरु थिए । संचालक लामाकी छोरीले पहि ले कर्मचारी भाग्दा आफ्नो बुवाले खोजी खोजी कु’टेको सुनाउँथिन् । त्यसैले निशा दम्पती ले भाग्न आँट गरेनन् । शो’ष’ण’कै कारण काम गर्न नसकेर आएको पन्ध्र दिन, महीना दिनमा नै धेरै भागेर गएको भन्ने चाहिं थाहा पाएका थिए ।

‘शोषण उस्तै रह्यो । खाना समयमा नपाइने, पाए पनि अघाउन्जेल नपाउने । बेरोजगार भएर आधा पेट खाएर बस्दाको भन्दा कारखानामा काम गरेर बस्दा निशाको अवस्था द’र्दनाक भयो ।

‘दिनदिनै सुक्दै जान थालिन् । कतै जान पनि दिंदैनथे । बन्दी श्रमिकको रूपमा राखेको निशा को कथन छ ।   त्यही बेला अर्को कारखानाबाट भागेर एक युवक आए । अत्यधिक शोष’ण भएर भागेर आएको सुनाए । त्यहाँ पनि निशा दम्पतीको अवस्था देखेर भाग्न सुझाव दिए ।

‘दुई महीना कारखानामा बस्दा निशाको शरीरमा हाड र छाला मात्रै बाँकी छ जस्तै भइसकेको थियो । करीब अढा  इ महीनापछि निशा दम्पतीले भाग्ने आँट गरे । चैत ६ गते राति तीन बजे कारखानाबाट भागे । उनीहरु भागेको सुईं को पाएपछि संचालक रत्न लामाले खोजे कारखाना बाट भागेर उनीहरु निशाको आफन्तको घर खोज्दै थिए । सं चालक रत्न लामा त्यहीं आइपुगे । उनीहरुले थाहा पाएर झाडी पछाडि लुके । उनीहरु अलि तल गएपछि त्यही झाडीको पछाडिबाट भागे ।’

‘भागेर निशाको भाउजूकोमा पुगे । भाउजू, दिदीलगायत आफन्त मिलेर सात वर्षकी छोरी र पाँच वर्षका छोरालाई आफन्तले पैसा उठाएर ठोरी पर्सास्थित निशाको आमा कोमा पठाए । निशा दम्पती यहीं जागिर खोज्न थाले । निशाले फेरि घरेलु का’म गर्न थालिन् ।’

‘ती दुई बच्चा पठाएको भोलिपल्ट संचालक रत्न लामा उहीं पुगेर बच्चाहरुलाई निशाको आमा बाट खोसेर ल्याए । बच्चाहरुलाई काठमाडौं ल्याएर भागेको बाटो पहिल्याउन लगाएर निशा दम्पतीलाई खोजे । निशाकी सात वर्षीय छोरीको कुरालाई आधार मान्ने हो भने एक महीनासम्म संचालक लामाले निशा दम्पतीलाई खोजे ।’

‘त्यसपछि पनि नभेटेपछि ती बच्चाहरुलाई संचालक ला माले राखे । आफन्तहरुले कुरा गर्दा धम्क्याउँथे । बच्चाहरु नदिने भन्थे । निशाकी दिदी फूलमाया परियारको सक्रिय तामा बच्चा खोजियो । उनलाई बच्चा नदिने भनेर पटक पटक फर्काए संचालक लामाले । त्यसपछि फूलमायाले अखिल नेपाल घरेलु श्रमिक संघ’लाई गुहार्न पुगिन् ।

‘संघको सक्रियतामा चार महीनापछि बच्चाहरु को उद्धार गरिएको छ । उद्धार गर्न जाँदा बच्चा आफू  सँग नराखेर अर्को परिवारलाई दिएको पाइएको संघकी केन्द्रीय अध्यक्ष संगीता बानियाँले बताइन् । उनले भनिन्, ‘अपहरण शैली मा पर्साबाट ल्याएको छ । फेरि यहाँ पनि आफूसँग नराखेर अर्कालाई दिएको पाइयो ।’

‘संचालक लामा र पर्साबाट बच्चा ल्याउन सहयोग गर्नेलाई प्रहरीले कागजात गराएर छोडेको छ । तर, निशा दम्पती लाई अझै पनि त्रास छ । खोज्दै आएर मा’र्छन् कि भनेर खुलेर काम गर्न जान पनि ड`र लाग्ने गरेको बताउँछिन् ।कारखानाबाट भागेर आएपछि घरेलु सहयोगी को काम गरिरहेकी निशा नि’षेधाज्ञाको कारण फेरि बेरोजगार बनेकी छिन् ।’

‘उनका श्रीमान् रोहणले भने जस्तो भेट्यो त्यस्तै काम गरिरहेका छन् । आफन्तले सुकुम्बासी बस्तीमा खोजिदि एको कोठामा भाडा तिरेर बसिरहेका छन् । निशा अहिले ८ महीनाकी गर्भवती छिन् । भन्छिन्, ‘धन्न भागेर निस्केछौं । नत्र त त्यहीं नै मर्थें होला । अझै पनि फेरि खोज्दै आएर त्यहीं लगेर राख्ने हुन् कि भन्ने ड’र लागिरहन्छ ।’अनलाइन खबरमा नुनुता राईले लेख्नु भएको छ,

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News