काठमाडौं । विपक्षी गठबन्धनका  विद्यार्थी  संगठनले सरकारको  वि’रोधमा  शंख फुक्दै प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको  माइतीघरमा सरकारले गरेको प्रतिगमनको विरोधमा शंख जुलुस प्रदर्शन  गरेका  हुन् । जुलुसमा पाँचै विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षहरूले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी  शर्मा  ओलीको  सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन सदर गरेपछि पछिल्ला केही दिनयता विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

यो पनि:प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । एमालेभित्र सहमति जुट्न हम्मे–हम्मे परिरहेको बेला ओलीले अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी बैठक आह्वान गरेका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने— ‘बैठकमा समसामयिक विषयमा कुराकानी हुनेछ ।’

बैठकमा पूर्वमाओवादी पृष्ठभूमि भएका नेता रामबहादुर थापा ‘बादल’समेतलाई बोलाइएको छ । सचिव तामाङ भन्छन्— ‘के कारणले बनेको सहमति आएन थाहा भएन । बैठक भने महासचिवले अध्यक्षसँगको परामर्शमा गरेपछि बोलाइएको हो ।’

गत २१ असारदेखि लगातार रुपमा बसिरहेको एमाले कार्यदलको शनिबारको बैठकपछि सदस्यद्वय सुवासचन्द्र नेम्वाङ्ग र गोकर्ण विष्टले ‘भोलि सुखद् कुरा समाचार सुन्न पाइन्छ’ भनेका थिए । बिहान ८ बजेसम्ममा सुखद् समाचार सुन्न पाइन्छ भनिएपनि अहिलेसम्म कार्यदलले कुनै ठोक निष्कर्ष निकाल्न सकेको छैन । यसैबीच ओलीले बैठक आह्वान गरेका हुन् ।

बैठकमा एमाले सहमतिको विषयमा छलफल हुने बुझिएको छ । भोलि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा फैसला सुनाउँदैछ । उक्त फैसलाअघि नै ओलीले ‘एमाले एक ठाउँमा उभियो’ भन्ने सन्देश दिन चाहेका छन् । तर, विपक्षी एमालेको अडानका कारण सहमति सम्भव देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News