घोराहीमा एक जना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । आफ्नो अटोमा एक जना यात्रुले पैसा र गहना सहितको झोला बिर्सिएर गएपछि उक्त झोला ति चालकले प्रहरीलाई बुझाएका थिए ।शुक्रबार घोराही १३ बसपार्क देखि तुलसीपुर चोक सम्म रा १ह

२१५३ नम्बरको अटोमा जादा रोल्पा रुन्टिगढि गाउपालिका ७ की ३० कि मतिकला बूढा उक्त झोला बिर्सिएर गएकी थिइन् । उनको उक्त झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो । उक्त अटो चालक घोराही

१३ का २९ वर्षीय राम प्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बुझाएका थिए ।”उनले इमान्दार पूर्वक उक्त पैसा र गहना सहितको झोला प्रहरीलाई बुझाएपछि।

उन लाई सम्मान गरिएको भन्ने खबर  जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।”त्यस पछि प्रहरीले बुढाको पहि”चान गरी नगद र ‘ गहना सहितको उनको झोला हस्तान्तरण गरे को जनाएको छ ।;

यो पनि काठमाडौं, २७ असार । चर्चित गायक राजेशपायल राईले आफूले चाँडै विवाह गर्ने स्पष्ट पारेका छन् । उनले आफूलाई मन पराउने युवती अहिलेसम्म कोही पनि नभएको बताए । उनले भने,‘मलाई मन पराउने युवती कोही पनि छैन्, म एक्लो भएँ । मलाई अहिलेसम्म विवाहको प्रस्ताव अहिलेस्म्म आएको छैन् ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूसँग घुम्नको लागि पनि समय नभएको जिकिर गरे । बरु, उनले आफूलाई प्रेम प्रस्ताव भने थुप्रै आएको जनाए । उनले आफूलाई अहिले विवाहको लागि परिवारका सदस्यहरुले दबाब दिएको सुनाए । उनले आफू युवतीहरुको छनौटमा परेको व्यक्ति नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News