एजेन्सी । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा टाइब्रेकरमा इंग्ल्यान्डलाई ३-२ गोलले पराजित गर्दै इटालीले उपाधि जितेको हो निर्धारित ९०” मिनेट को समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन

नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न सकेन । अतिरिक्त समयमा थपगोल हुन नसक्दा खेल टाइब्रेकर मा गएको” थियो ।टाइब्रेकरमा इटालीका डोमेनिको बेरार्डी, लिओनार्दो बोनुची र बर्नार्डेसकी गोल गरे । आन्द्रीए बेलोट्टी र जर्जिन्हो ले भने पेनाल्टीमा गोल गर्न सकेन ।

इंग्ल्यान्डका कप्तान ह्यारी केन, ह्यारी मगाएर गोल गरे भने मार्कस रासफर्ड, जेडन सान्चो र बुकायो साका पेनाल्टीमा चुके ।खेलको दोस्रो मिनेटमानै इंग्ल्यान्डले लुक शाको गोल मा अग्रता लिएको थियो । विंगबाट काइरान ट्रीपिएरले दिए को क्रसलाई शाले वन टचमा नै गोल गरेका थिए ।

६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले गोल गरेका थिए । यो पनि पोर्चुगिज कप्तान क्रिस्टियानो” रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् ।

रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिए पनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए ।रोनाल्डो युरोपेली च्याम्पियन सिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् । त्यसपछि अन्य राष्ट्रका खेलाडी ले गोलमा रोनाल्डोको उछिन्न सकेनन् । चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे ।

यो पनि घोराहीमा एक जना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । आफ्नो अटोमा एक जना यात्रुले पैसा र गहना सहितको झोला बिर्सिएर गएपछि उक्त झोला ति चालकले प्रहरीलाई बुझाएका थिए ।”

“शुक्रबार घोराही १३ बसपार्क देखि तुलसीपुर चोक सम्म रा १ह २१५३ नम्बरको अटोमा जादा रोल्पा रुन्टिगढि गाउपालिका ७ की ३० कि मतिकला बूढा उक्त झोला बिर्सिएर गएकी थिइन् । उनको उक्त झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो । उक्त अटो चालक घोराही १३ का २९ वर्षीय राम प्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बुझाएका थिए ।”
“उनले इमान्दारपूर्वक उक्त पैसा र गहना सहितको झोला प्रहरीलाई बुझाएपछि उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।“त्यसपछि प्रहरीले बुढाको पहि चान गरी नगद र गहनासहितको उनको झोला हस्तान्तरण गरेको जनाएको छ ।;

यो पनि काठमाडौं, २७ असार । चर्चित गायक राजेश पायल राईले आफूले चाँडै विवाह गर्ने स्पष्ट पारेका छन् । उनले आफूलाई मन पराउने युवती अहिलेसम्म कोही पनि नभएको बताए । उनले भने,‘मलाई मन पराउने युवती कोही पनि छैन्, म एक्लो भएँ । मलाई अहिलेसम्म विवाह को प्रस्ताव अहिलेस्म्म आएको छैन् ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूसँग घुम्न को लागि पनि समय नभएको जिकिर गरे । बरु, उनले आफूलाई प्रेम प्रस्ताव भने थुप्रै आएको जनाए । उनले आफूलाई अहिले विवाहको लागि परिवारका सदस्यहरुले दबाब दिएको सुनाए । उनले आफू युवतीहरुको छनौटमा परेको व्यक्ति नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News