काठमाडौं,  २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ। कांग्रेस सभापति  शेरबहादुर  देउवा लाई   प्रधानमन्त्री  बनाउन  परमादेश  दिएको  छ  । संसद् विघटनसम्बन्धी  मु’द्दामा  सर्वोच्च  अदालतको  संवैधानिक इजलाशले आज यस्तो आदेश दिएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद  खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् । अदालतले  यही   मंगलबारभित्र  देउवालाई  प्रधानमन्त्री बनाउनको लागि परमादेश जारी गरेको हो  र, एक हप्ता भित्र संसद् बोलाउनुपर्ने भनेको छ ।

यो पनि:काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । आज संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै पुनः स्थापनाको पक्षमा फैसला गरेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दिपक कुमार कार्की, मीरा खण्डका, आनन्दमोहन भट्टराई र ईश्वरीप्रसाद खतिवडाको संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेका थिए । मन्त्रिपरिषद्ले निर्णय गरी चुनवाको मिति सहित तोक्न गरेको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा सदर गरेकी थिइन् ।यसअघि ५ पौष २०७७ मा पनि प्रतिनिधि सभा विघटनको कदम चालेका ओलीको विपक्षमा ११ फागुन २०७७ मा फैसला आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News