काठमाडौं वरिष्ठ अधिवक्ता शम्भु थापाले केपी शर्मा ओली प्रधानमन्त्री  नरहेको  बताएका  छन्  ।  अधिवक्ता  थापाले सर्वोच्च अदालतको आइतबार  (आज) को    फैसलालगत्तै ओली प्रधानमन्त्री पदमुक्त भएको बताएका हुन्  । पत्रकार हरुसँग कुराकानी  गर्दै अधिवक्ता थापाले भने— ‘ओलीजी प्रधानमन्त्री नै रहनुभएन ।

सर्वोच्चको फैसलालगत्तै  उहाँ  प्रधानमन्त्री  नै  रहनुभएन । अब उहाँलाई  प्रधानमन्त्री भन्न  मिल्दैन ।अधिवक्ता थापाले संविधानकोव धारा ७६ (२) र (५ ) लाई  कसैले  केही  गर्न नसक्ने पनि जिकिर गरेका छन् ।   ‘नेपालको  संविधानको धारा ७६ (२) र (५) लाई कसैले केही गर्न सक्दैनअधिवक्ता थापाले भने— ‘यसलाई राष्ट्रपति र प्रधानमन्त्री मिलेरै भए पनि केहीगर्न सक्दैनन् । सत्तासमय लम्ब्याउन पाउँदैनन् ।’

संविधानमाथि लागेको  तुवाँलो हट्यो’ यस्तै  अर्का  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सार्वेच्च अदालतको आजको फैसलाले नेपालमा नयाँ इतिहास बनाएको बताएका छन् । ‘सर्वोच्चको फैसलाले संविधानमाथि लागेको तुवाँलो हटाएको छ,’ अधिवक्ता त्रिपाठीले भने अब लोकतन्त्र बाँच्यो । यसले इतिहास बनाएको छ ।’

सर्वोच्चले आफ्नो गरिमा र महत्वलाई स्थापित गरेको उल्लेख गरेका अधिवक्ता त्रिपाठीले थापाले नेपालीको लागि आजको दिन गर्वको दिन हो । नेपाली जनताले लामो संघर्षबाट ल्याएको संविधानको रक्षा सर्वोच्चले गरेको छ ।यस्तै अधिवक्ता त्रिपाठीले यसलाई जनताको जितको रुपमा लिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय अदालतले पुनः बदर गरेसँगै ओलीको दोस्रो प्रयास पनि असफल भएको छ । सँगै सर्वोच्चले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । सर्वोच्चले मंगलबार साँझ ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्री बनाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News