काठमाण्डौं।एमालेका नेता माधव नेपालले नेकपा एमाले सहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभा पति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार” नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमानेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने

बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।सर्वोच्चअदालतले प्रतिनिधिसभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरुनेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा नेता।

नेपालले लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन सफल भएकोमा विपक्षी गठबन्धनका सबैलाई धन्यवाद दिएका थिए । यद्यपि,सर्वोच्चको आदेशसँगै अब परिस्थितिबदलिए काले सरकारमा सहभागी हुने र विश्वासको मत दिने विषय मा भने नेकपा एमालेको संस्थागत निर्णय गरेर मात्र आफू हरू अघि बढ्ने सन्देश विपक्षी गठबन्धनका नेताहरूलाई दिएका थिए ।

हिजोको परिस्थितिसम्म लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन तपाईंहरुको साथमा थिएँ । यसका लागि भोलि पनि मसँगै रहन्छु,’ नेपालको भनाइ उद्धृत गर्दै एमाले रघु जी पन्तले भने, ‘मेरो पार्टीमा एकताको प्रक्रिया अघि बढि रहेको छ । अब सरकारमा सहभागी हुने कुरा र देउवाजी लाई विश्वासको मत दिने कुरा पार्टीले गर्ने संस्थागत निर्णय का आधारमा अघि बढ्ने छौँ ।’

यता, काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधान मन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भइरहेको जानकारी दिए । पावर सेयरिङ को विषयमा विपक्षी गठबन्धनबीच भोलि पुनः छलफल हुने जानकारी दिए ।सर्वोच्च अदालतले शेरबहादुर देउवा लाई।

प्रधानमन्त्री पदमा नियुक्त गर्न परमा”देश जारी गरेको छ ।” प्रधानन्याया”धीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधा निक इजलासले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाएसँगै देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News