गोर्खा मेमोरियल फाउण्डेसन युकेले मेचीनगर नगरपालिका लाई अक्सिजन सिलिण्डर सहित विभिन्न” स्वास्थ्य सामग्री प्रदान गरेको छ ।शुक्रबार गोर्खा” मेमोरियल फाउण्डेसन यूकेले छ लाख ४ हजार रुपैयाँ बराबरको तिस(३०) वटा असिक्जन सिलिण्डरसहित मास्क र सेनिटाइजर लगायत का स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

फाउन्डेसन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरूङले नगरप्रमुख विमल आचार्यलाई सो रकम बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख आचायले गोर्खा मेमोरियल “फाउण्डेसन यूकेका अध्यक्ष” धनकिरण गुरुङ,नेपाल शाखाका सम्पूर्ण टिमलाई सहयोग का लागि धन्यवाद दिएका थिए ।

फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष गुरूङले कोभिडको समयमा मेचीनगरबासी का लागि यो सेनो सहयोग गर्न” पाउदा खुशी लागेको बताए । यस्ता प्रकारका सहयोगहरु आगामी दिनमा पनि रहेने उनले बताए । फाउन्डेसनले यस अघि पनि मेचीनगरको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गरिरहेको छ ।

कार्यक्रमको सञ्चालन फाउन्डेसन नेपाल शाखाका सदस्य सन्तोष आचार्यले गरेको थिए ।मेचीनगर नगरपालिकामा यसअघि विभिन्न दातृ निकायले दिएको र नगर आफैंले खरिद गरेको असिक्जन सिलिण्डरको संख्या ९० भन्दा बढी पुगेको छ ।

“नगर भित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई पनि  आवश्यकता अनुसार प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने नगरपालिकाले जनाएको छ ।यो प्रेरणादायी  समचारको विषयमा तपाईको सल्लाह सुझावहरु भए प्रति क्रिया दिनुहोला र सहयोगी मनकारी व्यक्तित्व र टिमहरु लाई हार्दिक आभार ब्यक्त गर्दछौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News