
रुपन्देही । सर्वोच्च अदालतले परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुलाई नेकपा (एमाले)का स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘रहस्यमयी’ भनेका छन् ।
मुख्यमन्त्री पोखरेलले जनादेशबाट अस्वीकृत नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल नै ‘रहस्यमयी’ भएको बताएका हुन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो विचार सार्वजनिक गरेका हुन् ।
सञ्जालमा पोखरेलले लेखेका छन्, जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ । किनकि नाटक अझै सकिएको छैन ।’
यो पनि:दिल्ली । नेपाली प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि भारतीय मिडियाले प्रमुखताका साथ समाचार प्रकाशन प्रसारण गरेका छन् । अग्रणी अखबार टाइम्स अफ इन्डियाले मंगलबार यसबारे सम्पादकीय नै प्रकाशित गरेको छ ।
टाइम्स अफ इन्डियाको सम्पादकीय हेडलाइन छ : नेपालमा पुनः बदलाव । देउवा पुनः प्रधानमन्त्री । तर, काठमाडौंको बदलिँदो राजनीतिमा भारत तटस्थ हुनुपर्छ । काठमाडौंको बदलिँदो राजनीतिमा भारत तटस्थ भएर विकास परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन केन्द्रित हुनुपर्ने सुझाव उक्त अखबारको छ ।
सन् २०१५ मा नेपाली राजनीतिमा भारतले हस्तक्षेप गर्दा नेपाल चीनतर्फ ढल्किएको प्रसंग कोट्याउँदै टाइम्स अफ इन्डियाले उक्त घटनाबाट पाठ सिक्न समेत भनेको छ । नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक र नागरिक तहमा सदियौंदेखि कायम भएकाले यो सम्बन्धलाई नयाँ उचाइमा लैजानुपर्ने सुझाव समेत उक्त अखबारले दिएको छ ।
न्यूज१८ ले देउवा नेपाली प्रधानमन्त्री बन्नु भारतका लागि सकारात्मक रहेको जनाएको छ भाष्कर दैनिक, द प्रिन्ट, हिन्दूस्तान टाइम्स लगायतका भारतीय अखबारले सर्वोच्च अदालतको आदेश केपी शर्मा ओलीलाई सेटब्याक भएको उल्लेख गरेका छन् ।