
काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै सरकार छोड्न बाध्य भएको नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्यूँताएको छ । मंगलबार काठमा डौंमा आयो जित एक कार्यक्रमकाबीच युवा संघ ले युथ फोर्स व्युताएको घोषणा गरको हो ।
युथ फोर्सको प्रमुखको जिम्मेवारी युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवेलाई दिइएको छ ।यस्तै, उपप्रमुख मा पुष्प श्रेष्ठलाई चयन गरेको छ । युथ फोर्समा ५०१ सदस्यीय रहने युवा संघका संस्थापक अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।
उनले अहिले संविधानमाथि नै खतरा पैदा भएकाले युथ फ्रोर्सले बिभिन्न अभियान जनतामाझ लैजाने बताए ।
अदालतले केपी ओलीलाई प्रधानमन्त्रीबाट अटाएपछि अबको केही समयमा नै पुनः एमालेको सरकार बन्ने उनले दाबी गरे ।
त्यस्तै लोकतन्त्र र संविधानलाई जोगाउनका लागि आफ्नो प्रभावकारी भूमिका देखाउन युथ फोर्सलाई निर्देशन दिए ।