काठमाडौं  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने”पछि शुभकामना दिँदै चर्चित युवा नेता” गगन कुमार थापाले कांग्रेसलाई चुक्ने सुविधा नभए को बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले निराश जनतालाई आशा र भरोसा दिलाउनु पर्ने’ बताए ‘।

थापाले लेखेका छन्, ‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ, अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नुपरेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ । हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मे वारी पूरा गर्नुहुनेछ । हार्दिक शुभकामना !’

यसैबीच, नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोह मा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।प्रधानमन्त्री देउवाले आफ्नो सरकारमा ४ जना मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीमध्ये बालकृष्ण खाँण गृह मन्त्री बनेका छन् । खाँण कांग्रेसबाट मन्त्री बनेका हुन् ।कांग्रेसबाट अर्का मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की कानून,न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् भने पम्फा भुसाल ऊर्जा,

जलस्रोत तथा सिँचाइमन्त्री बनेकी छन् ।प्रतिनिधि सभा” विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नयाँ सरकार बनेको छ ।

यो पनि काठमाडौं । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । भेटमा ओली सरकारसँग गरिएको ३ बुँदे सहमति कार्यन्वयनका विषयमा अध्यक्ष प्रचण्डसँग घनिभूत छल’फल भयो ।

छल’फलमा प्रचण्डले विप्लवको प्रस्तावलाई सह’योगमात्र होइन कार्यान्व्यन नै गर्ने आश्वासन दिए । प्र’चण्डको आ’श्वासनले विप्लव पनि आशावादी बने।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटको एउटा भावुक तस्बिर सार्वजनिक भएको छ।
जनयु’द्धकालका आफ्ना कमान्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न बुधबार विप्लव प्रचण्ड निवास (खुमलटार) पुगेका थिए।त्यस क्रममा उनको भेट प्रचण्डकी पत्नी सीता दाहालसँग पनि भएको हो।
कुराकानीपश्चात् अन्तमा विप्लवले प्रचण्ड पत्नी सीता दाहाललाई पनि भेटे । सुरुमा त सी’ताले वि’प्लवलाई चिन्न सकेनन् । तर, विप्लवले आफ्नो परिचय दिएपछि सी’ताले उनलाई ठम्याइन् र गहँभरी आँसु पारिन् । त्यसपछि विप्लव पनि भावुक बने । केही भन्न सकेनन्, सीताको अवस्था देखेर ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सेयर गरेको यो तस्बिरको क्याम्पसनमा लेखेकी छन्, ‘पुनर्मिलन को एउटा तस्बिर…!’ अहिले सीता दाहाल बिरामी छिन्। प्रचण्डको सचिवालयका अनुसार सशस्त्र माओवादी विद्रोहका एक योद्धा विप्लवले ५ वर्षभन्दा बढी समयपछि सीता दाहालसँग भेट गरेका हुन्।

त्यो भेटमा उनीहरूबीच कति आत्मीयता झल्किएको छ, त्यो कुरा तस्बिरले नै प्रस्ट पार्छ।सीता लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट ग्रसित छिन् । उनका उपचारका लागि कयौँ कोसिस गरिए । उनको अवस्थामा केही सुधार भए पनि पछिल्लो समय उनी बोल्न र कसैलाई हत्तपत्त चिन्न सक्दिनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News