काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति हरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् ।

सातवटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरु छन् । उनीहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् । सातवटा प्रदेशमा गठबन्धन का दलहरुसँग छलफल गरी नियुक्तिको तयारी मा देउवा लागेका छन् । सातवटा प्रदेशमा काँग्रेस,

माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ ।

सम्भवत आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विश्वस्त स्रोतले जानकारी गराएको छ ।यसैगरी, ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरु खारेज वा नियुक्तलाई हटाउनेबारे समेत छलफल बढेको छ ।

यो पनि,,सामाजिक सुरक्षा भत्ताको रु ३९ लाख चो’री ‘बझाङ । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामा जिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चो`री भएको बताइएको छ । ‘

‘सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडा  मा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चो’री भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रिया कलाप नभएको पाइएको छ ।’

‘पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घ’ट’ना श’ङ्’कास्पद देखिएको स्थानीय वासी खड्क बोहराले बताउनुभयो ।

‘वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इला का प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताउनुभयो ।

‘उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।news24nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News