काठमाडौं । नेपाली संगीतका ब्लकबस्टर कम्पोजर राजन राज शिवाकोटीको नयाँ ट्रयाक ‘फूलकुमारी’ शुक्रबार इन्टरनेट रिलिज भएको छ । समाचारवालीको रुपमा चर्चित श्री पाण्डे र अभिनेता पल शाहको रोमान्स समावेश गीतमा राजनले आफ्नो सांगीतिक स्वाद मिसाएका छन् । एकपछि अर्को हिट गीत पस्किरहेका पल र राजनको यो जुगलबन्दीलाई पनि दर्शकले रुचाउने अपेक्षा छ ।

गीतमा टच्ची शब्दको प्रयोग गर्न माहिर राजनराजले यसमा प्रेमिकालाई फकाउन प्रयोग हुने शब्दावलीको भरमार प्रयोग गरेका छन् । डा. प्रकाश पौडेलद्वारा लिखित शब्दमा राजन स्वयमको गायन तथा संगीत छ ।

एसियन म्युजिकले रिलिज गरेको यो गीतलाई तन्नेरी दर्शक तथा श्रोताले रुचाउन सक्ने आशा संगीतकार शिवाकोटीले लिएका छन् । हेर्नूस गीत :

यो पनि:काठमाण्डौ । जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज गीत चाउली गाला चट्टै भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा सुर्य आँफैले लय सिर्जना गरेका छन भने आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन ।

शंकर विसीको निर्देशन रहेको सो गीतमा महेन्द्र गौतम र रिना थापा मगरलेका नृत्य गरेका छन । गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने सुर्य खड्काको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News