२ साउन, काठमाडौं । पार्टीमा फेरि अन्तर विरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा’

‘छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुले असार २७ मा १० बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपाल बीच अन्तरवि’रोध बढेको छ ।

‘शुक्रबार अध्यक्ष ओलीले राखेको स्थायी कमिटी र संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरु गएनन् । स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्य हरुले बैठक रोक्ने र १०बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।’

‘तर अध्यक्ष ओलीले बैठक रोकेनन् । आफ्नो पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गर्ने निर्णय गराएका थिए ।’

‘शनिबार भएको अनौपचारिक बैठकमा कार्य दलका सदस्य १० जना नेता र पार्टी सचिव भीम आचार्य सहभागी भएका थिए । सबै नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगा उनुपर्छ भन्ने मत राखेका सचिव विष्टले बताए ।’

एमाले नेता सुवासचन्द्र नेम्वाङले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको बताए ।

‘दश बुँदे सहमतिलाई स्थायी कमिटीले अनुमोदन गरिस केको छ । अब त्यसलाई कार्यान्वयन गर्दै पार्टीलाई एक तावद्ध बनाउनुपर्दछ भन्नेबारे आज हामीहरुबीच छलफल भएको हो,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ भन्नेमा सबैको जोड छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News