काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताएका छन् । भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै नेता बस्नेतले कसैले छोए अरिंगाल झै जाइलाग्ने बताएका हुन् ।

उनले भने, ‘हामी वाइसीएल जस्तो अपराध गरेर हिँड्दैनौं । हामीलाई कसैले प्रहार गर्छ भने छाड्दैनौं ।’बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।

बस्नेतले काठमाडौंमा साउन ९ गते युथफोर्सले मार्चपास गर्ने समेत बताए । उक्त मार्चपासमा १० हजार युथफोर्सका कार्यकर्ता उतार्ने उनको भनाइ छ ।

यो पनि:सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वाको मत लिनुअघि कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजेका लागि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले भने दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री देउवाले दिउँसो चार बजे बस्ने पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक विश्वासको मत लिँदै हुनुहुन्छ । देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News