
तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि नेपाली कांग्रेसका सांसद गगन थापा भर्खर दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं पुगेका छन् दमौली मा नेपाल महिला संघ व्यास नगर समितिले आ”योजना गरेको कार्यक्रममा सहभागी भइ उनी काठमाडौ उडेका हुन्
एक्कासि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि हतार–हतार उनी विश्वासको मत दिन काठमाडौ उडेका हुन् ।पोखरामा दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्य तिथिमा सहभागी भइ गाडीमार्फत् उनी दमौली आएका थिए ।
दमौलीमा भएको नेपाली काग्रेसको १४ औं महाअधिबेशन मा महिलाको भूमिका चुनौती र अवसर बिषयक प्रशिक्षण एवम अन्तक्रिया कार्यक्रममा उनले सहभागिता जनाएका थिए। त्यहि भएर हतार हतार प्रधानमन्त्री शेरबहादुर देउवा लाई विश्वासको मत दिनका लागि हेलिकोप्टर मा गएका हुुन।
यो पनि खेलकुद समचार असार ३१अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेको एक रिपोर्टले दाबी गरेको छ । मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको खेलकुदसम्बन्धी वेबसाइट गोलले जनाएको छ ।
यस्तै बार्सिलोनामा रहन मेस्सी महत्त्वपूर्ण पारिश्र”मिक” कटौतीका लागि सहमत भएको जनाइएको छ बार्सिलोना सँगको २० वर्षे यात्रा समाप्त गर्न इच्छा देखाएपछि स्वतन्त्र रहेका मेस्सीले पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटीक्लब मा रुचि देखाएका थिए ।३४ वर्षीय मेस्सीको बार्सिलोना सँगको पछिल्लो।
अनुबन्धन चार वर्षका लागि पाँच सय ९४ मिलियन डलर मा भएको थियो । त्यो सम्झौता गएको जुन ३० मा सकिए को थियो । यद्यपि जोन लापोर्टा गएको मार्चमा बार्सिलोना का अध्यक्ष भएपछि मेस्सीले क्याम्प नाओमा ब”सिरहन” इच्छा देखाएका थिए ।आउँदा दिनमा आधिकारिक घोषणा आउने अपेक्षा गरिएको छ ।
मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। मेसीले बार्सिलोना बाट नै सिनियर फुटबल खेल्न थालेको १७ वर्ष पूरा भइसकेको छ। मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोना को” एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।
त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्। उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्।
वेस्ट इन्डिजविरुद्धको चौंथो टी–ट्वान्टी क्रिकेटमाअष्ट्रेलिया को जित अष्ट्रेलियाले चौंथो टी–ट्वान्टी क्रिकेट मा घरेलु” टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ । सेन्ट लुसियामा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको १ सय
“९० रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । इभिन लेविसले ३१ रन जोड्दा कप्तान निकोलस पुरनले १६ रन बनाए ।
यस्तै फाबियन एलनले २९ र आन्द्रे रसेलले अविजित २४ रन बनाए । बलिङमा अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए । एडम जाम्पाले २ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका मिचेल मार्श ले ७५, कप्तान आरोन फिन्चले ५३ र डान क्रिस्टियनले अविजित २२ रन जोडे ।
वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ तथा ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एक एक विकेट लिए । वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यस अघि नै गुमाईसकेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३–१ ले अघि रहेको छ । दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिबार हुनेछ ।