काठमाण्डौं। प्रधानमन्त्री शे”रबहादुर देउवालाई नेकपा एमालेका २२ जना सांसदले विश्वासको मत दिएका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमाले का २२ सांसदले मत दिएका हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका ८जना सांसदले प्रधानमन्त्री देउवा लाई

विश्वासको मत दिए । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदले विश्वासको मत दिएका थिए प्रधान मन्त्री देउवा ले विश्वासको मत लिने क्रममा नेपाल पक्षीय सांसदहरु दुई समूहमा विभाजित भए ।” एमाले विवाद” मिलाउन गत जेठमा गठित कार्यदलका संयोजक माननिय भीम रावल ले सांसद पदबाटै राजीनामै दिनुभयो ।

विघटित कार्यदल सदस्य गोकर्ण” विष्ट सहित दश जना सांसदहरु देउवाले विश्वासको मत लिने लागेकै बेला संसद भवनबाट बाहिरिएका थिए। यज्ञराज सुनुवार, झपट रावल, “राजबहादुर बुढा, सोमप्रसाद पाण्डे,”नारायण खतिवडा,” योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे,घनश्याम भुसाल

दीपक प्रकाश भट्ट लगायतका नेताहरू संसद भवनबाट बाहिरिएका थिए  ।देउवालाई मत दिने एमाले २२ सांसद :
१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. जीवनराम श्रेष्ठ
४. कल्याणी खड्का
५. मेटमणि चौधरी
६. भवानी खापुङ

७. मुकुन्द न्यौपाने
८ . पार्वती विशुंखे
९. हिरा केसी
१०. कृष्णकुमार श्रेष्ठ किसान
११. गोपाल बम
१२. प्रेमबहादुर आले
१३. धनबहादुर बुढा
१४. विना बुढाथोकी

१५. सरला यादव
१६. पुष्पाकुमारी कर्ण
१७. लक्ष्मी चौधरी
१८. निरादेवी जैरु
१९. रामकुमारी झाँक्री
२०. कलिला खातुन
२१. सविना हुसेन
२२. कृष्णलाल महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News